काठमाडाैं- नेदरल्यान्डविरुद्ध नेपालले चौथो सफलता प्राप्त गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालले १९.३ ओभरमा नेदरल्यान्डको चौथो विकेट लिएको हो।
ललित राजवंशीले बास डी लिडेलाई आउट गराएका हुन्। २७ रन बनाएका लिडेलाई राजवंशीको बलमा बोल्ड गरेका हुन्। यसअघि राजवंशीले नै साइब्रान्ड एन्जलब्रच्टलाई आउट गरेका थिए।
छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए। नेदरल्यान्ड ४ विकेटको क्षेतिमा ७६ रन बनाएर खेलिरहेको छ।


