काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्धको नेपालले आक्रामक सुरुआत गरेको छ।
नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुवात गरेको हो। १ विकेट गुमाएर १० ओभर खेलेको नेपालले १०० रन बनाइसकेको छ।
ओपनर कुशल भुर्तेल ११ बलमा २८ रन बनाएर आउट भए। उनलाई भिभिएन किग्माले आउट गराएका थिए। अनिलकुमार शाह र आसिफ शेष क्रिजमा छन्।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले ३९ ओभरमा अलआउट हुँदै १३७ रनमा समेटिएको थियो।


