काठमाडौं- नेपालको ‘ए’ टिमले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमाभएको क्यानडाविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको हो।
नेपालका लागी बसिर अहमदले अर्धशतक बनाए। उनी ५० रनमा अविजित रहे। रसिद खान ४०, मायन यादव ३५, सन्दीप जोरा १४, किरण ठगुन्ना २५, विवेक यादव २१, कप्तान विनोद भण्डारी ५, प्रतिश जिसी ४, अर्जुन कुमाल ४ रन र शाहव आलमले २ रन जोडे।
बलिङमा क्यानडाका कप्तान साद बिन जफर ३ विकेट लिँदा डिलोन हेलिगरले १, इश्वरजोत सोहि २, हर्ष ठाकरले १ र सहिद अहमदजाईले १ विकेट लिए।


