काठमाडौं- नेपालको ‘ए’ टीम क्यानडा ११ सँग पराजित भएको छ। मुलपानी क्रिकेट मैदानमा आइतबार भएको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको हो।
टस हारेर पहिला ब्याटिङको निम्ता पाएको नेपालले क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो। नेपालले दिएको लक्ष्य क्यानडाले ३ बल बाँकी छँदा ६ विकेटको गुमाउर भेट्टायो। क्यानडाका नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए।
नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको थियो। नेपालका बासिर अहमदले सर्वाधिक ५० रन जोडेर अविजित रहेका थिए भने रासिद खानले ४० रन र मयन यादवले ३६ रन जोडेका थिए।


