काठमाडौँ- राष्ट्रिय समाचार समिति (रासस) प्रजातन्त्रको बिरासत हो। समाचार समितिको इतिहासले नेपालको राससलाई प्रजातन्त्रको उपलब्धिसँग जोडिने पहिचान दिएको छ। राणा शासनको अन्त्यसँगै उदाएको खुला परिवेशमा नेपाली समाजले विविध क्षेत्रमा स्वतन्त्र कदम बढाउन थाल्यो भने उन्नयनको लागि प्रतिस्पर्धाको स्तर ह्वात्तै बढेर गयो। रासस यही बेलाको उपलब्धि हो।
नेपालमा समाचार समितिको स्थापना र इतिहास विश्वकै हाराहारीमा देखिन्छ। पत्रकारितालाई थप फराकिलो फाँटमा विस्तार गरेको राष्ट्रिय समाचार समितिको सन्दर्भ प्रजातन्त्रसँग न्याश्रित छ। प्रजातन्त्रसँग धेरै विषयको विरासत त्यसरी नै जोडिएको छ, जसरी राससको। यो अध्ययनको कुरा भयो। जे होस्, फागुन ७ गते मुलुकले मनाउने प्रजातन्त्र दिवसकै दिन राससले स्थापना दिवस मनाएर अन्योन्याश्रित सम्बन्धको उद्बोध दिएको छ। नेपालमा भन्दा १२ वर्षअघि मात्रै विश्वमा समाचार समिति पत्रकारिता सुरु भएको अभिलेख छ।
आजभन्दा ७३ वर्षअघि फागुन ७ गते नेपाली जनताले प्रजातन्त्र स्थापना गरे। नेपाली समाजमा जाग्रत स्वतन्त्रताको अपेक्षालाई नेपाली कांग्रेसले नेतृत्व दियो र सुरु आन्दोलनले शताब्दी लामो राणा शासनको अँध्यारो युगलाई २००७ फागुन ७ ले इतिहासको रौरब गर्तमा अङ्कित गरिदियो।
जनताको लागि बन्द सबै ढोकाहरु त्यही दिनले खोल्यो र नेपाली समाजले मुक्त अकाश पायो। आधुनिक नेपालको चिन्तन विविधता र हाम्रो बहुल सांस्कृतिक वैशिष्ठ्यको खुला यात्रा यहीबाट निर्वाध सुरु भयो। बीचमा रोक्न खोजे पनि अहिले नेपाली समाज उभिएको चिन्तनधरा त्यही फागुन ७ ले दिएको देन हो। यदि फागुन ७ को पाना पल्टाएर छोप्ने हो भने नेपाल भन्नोस् वा हाम्रो आधुनिक इतिहासको प्रारम्भ विन्दु भेटिने छैन। आधुनिक सोचको निर्वाध युगको उदय कहिले भयो त्यो ठम्याउने पाठ पढ्न पाइने छैन।
राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायत अनेक विषयमा प्रजातन्त्रले नयाँ आयाम, गति र गन्तव्य देखाएको हो। सामाजिक विकास र विस्तारको यही समयमा पत्रकारिताले पनि नेपालमा फड्को मारेको छ। निजी पत्रपत्रिका छापिन सुरु भए। यही क्रममा समाचार समितिहरुको पनि आगमन भयो। रेडियो नेपाल त यसअघि नै प्रजातन्त्र ल्याउन बजेको हो।
नेपाल संवाद समिति ९नेसस० २०१६ को पुस १ गते स्थापना भयो। २०१७ साल बैशाख १० गते सगरमाथा संवाद समिति ९ससस० ले मूर्तरुप पायो। यी दुई समिति पत्रकारितामा क्रियाशील सम्पादकहरुको निजी संलग्नतामा स्थापित भएका हुन्। राजा महेन्द्रले पहिलो जननिर्वाचित संसद् र प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकार विघटन तथा प्रजातन्त्रको २०१७ पुस १ गते हरण गरेपछि राष्ट्रिय संवाद समिति गठन गरिएको हो।
राष्ट्रिय संवाद समितिले २०१८ फागुन ७ गतेबाट समाचार प्रकाशन शुरु ग¥यो। यसअघि स्थापित र यो समिति गाभिए। २०२८ सालमा ‘संवाद’ भनिने ठाउँ ‘समाचार’ भनिन थालियो र बन्यो अहिलेको राष्ट्रिय समाचार समिति। तर गाभिएर बन्नुअघिको बिरासतलाई अस्वीकृत गर्दै राससको स्थापना दिवस २०१८ साल फागुन ७ गते दर्ज गरियो। राजा महेन्द्रले सोचेको निर्दलीय पञ्चायती सत्ताले त्यो बिरासत अस्वीकृत गरेको हो। यही कारण रासस यस वर्ष ६३ औँ स्थापना दिवस मनाउँदैछ।
सत्ताले स्वीकृत अस्वीकृत गर्ने एउटा कुरा हो तर इतिहास त इतिहास नै हो। इतिहास सत्ताभन्दा स्वतन्त्र हुनसक्छ। यही कारण अहिलेको यथार्थ राष्ट्रिय समाचार समिति भए पनि नेसस, ससस र राससको इतिहास मर्ने होइन, मार्न सकिने भएन।
राजा महेन्द्रले पञ्चायती कलेवर दिएको राससमा प्रजातन्त्रको समयमा जन्मिएका नेसस, ससस र राससको भ्रूण अविच्छिन्न छ। त्यसैले रासस प्रजातन्त्रको विरासत ९लिगेसी० हो। तानाशाह शासकले जनतालाई सम्मोहित गर्न मुख्यतः दुईओटा सूत्र रटान गर्छन्।
एक राष्ट्रियता,दुई विकास। नेपालको सन्दर्भमा प्रजातन्त्र थपेर यस्ता सूत्र तीनओटा सुनाइए। यही कारण हो प्रजातन्त्र दिवस फागुन ७ गते राससको पनि स्थापना दिवस बनाइयो र मनाइयो। बिरासत वा जो, जे कारण भए पनि अब यो दिवस स्थापित नै भयो। इतिहास अध्ययनको विषयमा गयो।
राणा दमनको १०४ वर्षे शासन र पञ्चायती राजतन्त्रको ३० वर्षे निर्दलीय शासनले प्रजातन्त्रलाई बन्दी बनाएको थियो। प्रजातन्त्रमा जन्मिएको समाचार समिति, प्रजातन्त्र ल्याउन स्थापना गरिएको रेडियो नेपाल र राणाकालको गोरखापत्र (गोर्खापत्र) वा राजा कालको नेपाल टेजिभिजन यी सबै सञ्चार–पत्रकारितालाई राजतन्त्रले सरकारी भनिने बानी पारिदियो।
जब कि यी सञ्चारपत्रकारिताका संस्था सार्वजनिक संस्था हुन् वा राज्य संरक्षित र प्रबर्धित संस्था हुन्। सरकार यही राज्यको शीर्ष एक अङ्ग मात्र हो, राज्य सञ्चालक सरकार। सरकारी भनिनुले शासन सत्तालाई हेर्न, भन्न पाउने आलोचनात्मक चेतलाई बोधो पार्ने र पत्रकारिताको स्वायत्त सत्तामाथि खुकुरी झुन्ड्याउने सरह भयो। गरियो यही।
नेपाल राज्यको समाचार समिति (रासस) विभिन्न सञ्चार– पत्रकारिता माध्यमहरुको समाचार स्रोत हो। यति मात्रैमा रासस सीमित छैन। यो अन्तर्राष्ट्रिय समाचार समितिहरुको समकक्षी र समाचार स्रोत पनि हो। एक आपसी समाचार आदान–प्रदान गर्ने अन्तर्राष्ट्रिय भाइचार समेत राष्ट्रिय समाचार समितिले कायम गरेको छ।
पत्रकारिता समाचार र विचार प्रवाहको माध्यम हो। भाषा समाचार, विचारको वाहक माध्यम मात्र। पत्रकारिताको लागि चल्तीको जुनसुकै भाषा पनि माध्यम हुनसक्छन्। राससले खासमा नेपाली र अङ्ग्रेजीलाई आफ्नो प्रवाहको माध्यम भाषा बनाएको छ। पत्रकारिताको विकास शृङ्खलामा अनेक कडी जोडिएका छन् र यही कडीमा कार्टुन पत्रकारिता थपिएको पनि धेरै बर्ष भयो।
झण्डै ६५ वर्ष पार गरेको नेपालको समाचार समिति पत्रकारिताले असङ्ख्य समाचार, तस्बिर प्रवाह गरिसकेको छ। यस बीच विधा घोषित गरिएको ‘बिट’वा विषयगत रिपोर्टिङ र विचारले पहिचान पनि पाएको छ। अनेकौँ विधामा राससले सेवाग्राही पाठकलाई समाचार वा आफ्ना उत्पादनहरु दिएको छ। ती उत्पादनहरुले पाठकको ज्ञान र जानकारीमा कति ऊर्जा थप्यो होला रु समाज विकासको क्रममा कति योगदान पुग्यो होला र राज्य, सरकारलाई राससले कति पाठ पढायो होला रु लेखा खोज्न सम्भव छैन।
पत्रकारितामा छापा, विद्युतीय वा श्रव्यदृश्य माध्यमहरु विभिन्न प्रकारका छन्। यस्ता सबै माध्यमका बीच पनि आआफ्नो समाचार समिति विश्वका प्रायः सबै मुलुकमा सञ्चालित छन्। लोकतान्त्रिक र अलोकतान्त्रिक वा स्वतन्त्र र बाधितजस्तो शासन सत्ता भएको देशमा पनि समाचार समितिहरु छन्।
फरक, लोकतन्त्रमा समाचार समिति र पत्रकारिताको स्वायत्त बढी फराकिलो छ। तर लोकतान्त्रिक नेपालमा चाँहि सरकारी सत्तासँग जोडिने पत्रकारिता साँघुरै घेरामा बाँधिएको छ। सत्तालाई अलिकति चेताउन खोजे वा खोज्नेहरु विरुद्ध एकथरि चुक्लीखोरहरु दौडेर मन्त्री, सचिव र सरकारी ताबेदारको कान फुस्फुसाउन पुग्दा रहेछन्।
जुनसुकै भाषामा गरिने भए पनि पत्रकारिताले सम्बन्धित भाषा साहित्यको विस्तार र विकासमा पनि योगदान पु¥याएकै हुन्छ। राससले पनि आफ्नो लामो र सक्रिय उमेरमा त्यो काम गरेकै छ। पत्रकारितामा चुनौती र समस्या छन्। यी थपिन्छन् पनि। रासस यस्तो अवस्थाबाट मुक्त छैन। चुनौती सामना गर्दै यहाँसम्म आएको राष्ट्रिय समाचार समितिले निकै लामो यात्रा तय गर्नैछ।
अव्यवस्थित सामाजिक सञ्जालले पत्रकारितालाई थप चुनौती थोपरी दिएको छ तर सञ्जाल होस वा जेसुकै पत्रकारितालाई समाचार स्रोत चाहिन्छ। यही नै विचारको स्रोत हुन् वा बनाइन सकिन्छ। सधैँजस्तै चुनौती सामना गर्दै रासस अगाडि बढिरहने विश्वासका साथ वार्षिकोत्सवको शुभकामना। (लेखक राससका पूर्व अध्यक्ष हुन्)
प्रकाशित: २०८० फाल्गुण ७ गते सोमबार १०:००