काठमाडौँ- प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरती साहको परिवारसँग भेट गरेका छन्।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा आरतीको परिवार बुधबार बालुवाटार पुगेको थियो।
आरतीका भाइ प्रेमले प्रधानमन्त्रीलाई आफूहरुले दिदीको न्यायका लागि गर्नुपरेको संघर्ष सुनाएका थिए।
प्रधानमन्त्री प्रचण्डले न्यायका लागि पहल गर्ने आश्वासन दिएको प्रेमको भनाइ छ।
जनकपुरकी आरतीको हत्या भएको परिवारको दाबी छ।
परिवारले निरन्तर धर्ना दिएपछि मुद्दा दर्ता भएर उनका श्रीमान पुर्पक्षका लागि थुनामा समेत गरेका छन्।


