काठमाडौँ– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले ६ विकेट गुमाएको छ।
२७औँ ओभरको तेस्रो बलमा नै नेपालले ६ विकेट गुमाएको हो।
त्रिवि कीर्तिपुरको मैदानमा जारी खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाका बर्नाड स्कोल्जले ३ विकेट लिएका थिए।
छैटौँ विकेटका रुपमा कुशल मल्ल बाहिरिएका हुन्। उनले व्यक्तिगत रुपमा ३६ रनको योगदान गरे। यस्तै कुशल भुर्तेलले १८ र आशिफ शेख ५८ रनको योगदान गर्दा रोहित पौडेल, अनिल शाह र देव खनाल शून्य रनमै आउट भए।
जारी खेलमा नेपालले ३१.१ ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन जोडेको छ।


