काठमाडौँ- नेपाल ‘ए’ले क्यानडा-११ सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो खेल्दै छ। यो खेल एक दिवसीय सिरिजको अन्तिम खेल पनि हो।
खेल बिहान साढे ९ बजे मुलपानी क्रिक्रेट मैदानमा हुँदैछ। यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा–११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १÷१ को बराबरी गरेको छ।
आजको खेल जित्ने टोलीले यो शृङ्खला २–१ ले जित्नेछ।
नेपालले पहिलो खेल विनोद भण्डारीको कप्तानीमा खेलेको थियो भने दोस्रो खेल सन्दीप जोराको कप्तानीमा खेलेको थियो।
नेपाली टोलीमा विनोद भण्डारी, सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जि.सी. रहेका छन्।


