२०८३ कार्तिक १४ गते शुक्रबार

सूर्य नेपाल वेस्टर्न ओपनः रेकर्ड स्कोरमा भुवनलाई करियरको ११औं उपाधि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ११
surya_nepal

पोखरा- पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन्।

५४ होलको प्रतियोगिता १०-अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो। भुवनले सन २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९-अन्डरको रेकर्ड तोडेका हुन। यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो। हिजो उनले ७-अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए।

पोखरास्थित पार-६९ को हिमालयन गल्फ कोर्समा अन्तिम दिन आज इभन-पार ६९ को स्कोर निकाल्दा भुवनले समग्रमा १०-अन्डर १सय ९७ को सानदार स्कोरमा करियरको एघारौं उपाधि जितेका हुन। भुवनले रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले माथ दिए। उपाधिसँगै भुवनले १ लाख ४० हजार नगद पुरस्कार हात पारे। सन २०२२ को सूर्य नेपाल काठमाडौं ओपन जितेपछि उनले जितेको यो पहिलो उपाधि हो।

रवि खड्का र एमेच्योर सदभाव आचार्यले समग्रमा २-ओभर २ सय ९ को स्कोरमा दोस्रो स्थान बाँडे। रवि र सदभाव दुवैले आज १-ओभर ७० मा खेल सकाए। रविले नगद ९६ हजार प्राप्त गरे। एमेच्योरतर्फ सदभावले उपाधि जिते। उनले प्रज्वल गुरूङलाई १३ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन। दोस्रो भएका प्रज्वलले १५-ओभर २ सय २२ स्कोर गरे।

धरानका प्रो निरज तामाङले आज इभन-पार ६९ मा खेल सकाउँदा समग्रमा ४-ओभर २ सय ११ को स्कोरमा तेस्रो स्थान प्राप्त गरे। उनले ७२ हजार नगद आफ्नो नाममा लेखाए। भेट्रान प्रो दीपक मगरले समग्रमा ६-ओभर २ सय ११ सहित चौथो भए। आज उनले इभन-पार ६९ मा खेल सकाए। चौथो भएका उनले ५९ हजार नगद हात पारे। समग्रमा १०-ओभर २ सय १७ बनाएका प्रदीप कुमार लामा पाँचौ भए। उनले आज ४-ओभर ७३ मा खेल सकाए। उनी ५० हजार नगद पुरस्कारको हकदार बने।

यसैगरी बलभद्र राई, भुबहादुर गुरुङ र सञ्जय लामाले समग्रमा ११-ओभर २ सय १८ को नतिजामा छैटौं स्थान बाँडे। उनीहरूले जनही ३९ हजार नगद पुरस्कार प्राप्त गरे। अन्तिम दिन बलभद्रले ४-ओभर ७३, भुबहादुरले ३-ओभर ७२ र सञ्जयले १-ओभर ७० मा खेल सकाए। दल बहादुर लामा र दिनेश प्रजापतिले समग्रमा १३-ओभर २ सय २० को स्कोरमा संयुक्तरुपमा नवौं स्थान बाँड्दा जनही ३२ हजार हात पारे। दलले आज ६-ओभर ७५ र नीरजले ३-ओभर ७२ मा अन्तिम दिनको खेल सकाए।

११ स्ट्रोकको अग्रता सहित अन्तिम १८ होलको सुरूवात गरेका भुवनलाई अन्य कुनैपनि गल्फरले चुनौती दिन सकेनन। उनले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। पहिलो र पाँचौ होलमा बर्डी तथा चौथो र सातौं होलमा बोगी प्रहार गरे। उनले ब्याक नाइन पनि इभन-पार ३५ मा सकाए। यो क्रममा उनले १४औं र १८औं होलमा एक-एक सट खेर फाल्दा १५औं र १६ औं होलमा बर्डी प्रहार गरे।

रविले फ्रन्ट नाइनमा राम्रो प्रदर्शन गर्न सकेनन। ३-ओभर ३७ मा फ्रन्ट नाइन सकाउने क्रममा उनले पहिलो र आठौं होलमा बोगी र सातौं होलमा डबल बोगीको सामना गरे। तेस्रो होलमा एक सट बचाए। ब्याक नाइनमा सम्हालिदै १५औं र १८औं होलमा दुई बर्डी प्रहार गरे। ब्याक नाइन २-अन्डर ३३ मा पुरा गरे।

संयुक्तरुपमा दोस्रो भएका एमेच्योर विजेता सदभावले फ्रन्ट नाइन इभन-पार ३४ मा पुरा गरे। उनले पहिलो होलमा बोगी र सातौं होलमा बर्डी खेपे। यसपछि १०औं र १३औं होलमा एक-एक सट बचाउँदा १२औ, १५औं र १७औं होलमा बोगीको सामना गरे।

निरजले फ्रन्ट नाइन १-ओभर ३५ र ब्याक नाइन १-अन्डर ३४ मा सकाए। दोस्रो र तेस्रो होलमा बर्डी प्रहार गरेपनि चौथो, छैटौं र नवौं होलमा एक-एक सट खेर फाले। यसपछि १७औं होलमा डबल बोगी खेप्दा १३औ, १५औं र १८औं होलमा एक-एक सट बचाए।

काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहेको थियो।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवराम गुरूङ र गण्डकी प्रदेश खेलकुद विकास परिषदका बोर्ड सदस्य केशव पाठकले पुरस्कार वितरण गरे।

प्रतियोगिताको अन्तिम दिन भोलि प्रो-एम प्रतियोगिता हुनेछ। प्रतियोगितामा ७६ एमेच्योर र १९ प्रोफेसनल गल्फरले भाग लिनेछन्। सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत जारी सिजनमा कुल आठ प्रतियोगिता रहेका छन। जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ।

प्रकाशित: २०८० फाल्गुण ११ गते शुक्रबार ०६:३१
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना