काठमाडौँ- नेपालले नेदरल्यान्डका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९ बजेदेखि शुरु हुने छ।
त्यसैगरी नेदरल्याण्ड्सको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ।
नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म केवल ४ एकदिवसीय खेल भएका छन्। जसमा नेदरल्याण्ड्सले २ र नेपालले २ खेल जितेको छ।
नेपाली टिममा दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् ।


