काठमाडौं- नेपाल नेदरल्यान्डसँगपराजित भएको छ।आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित हो। सिरिजमा नेपालको यो तेस्रो हार हो।
यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो। नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नेदरल्यान्डका विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहे। उनले ५६ रन बनाए। यस्तै साएब्रान्ड एंगलब्रेक्टले अविजित ४६ रन बनाए। नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि थप विकेट लिन सकेन।
नेदरल्याण्ड्सका ओपनर माइकल लेभिटले ३९ र म्याक्स ओ’डाउडले २८ रन जोडे। नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो।


