२०८३ कार्तिक १२ गते बुधबार

परराष्ट्रमन्त्री साउदले लिए सपथ

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३
np_sawad1

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको सपथ लिएका छन्। साउदलाई आइतबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्। कांग्रेसबाट यसअघि चार जना मन्त्री बनिसकेका छन्। उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री, डा प्रकाशशरण महत अर्थ, रमेश रिलाल उद्योग र सिता गुरुङ शहरी विकास मन्त्री बनेका थिए।

यस्तै नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाई परराष्ट्र राज्यमन्त्री नियुक्त भएकी छन्। उनलाई प्रधानमन्त्री दाहालले सपथ गराएका छन्।

को हुन् साउद?

साउद २०३६ साल देखी राजनीतिमा सक्रिय छन्। उनी २०३६ सालमा महेन्द्रनगर माध्यामिक विद्यालयको नेपाल विद्यार्थी संघको इकाइ सचिव बनेका थिए।

विद्यार्थी संगठनहरूमाथि लगाइको प्रतिबन्ध २०३६ सालमा हटेपछि भएको स्ववियूको निर्वाचनमा सिद्धनाथ विज्ञान क्याम्पसमा आईएस्सी पढ्दै गर्दा सचिवमा निर्वाचित भएका थिए। २०४१ सालमा नेपाल विद्यार्थी संघको निर्वाचनमा केन्द्रीय सदस्य बनेका साउद २०४८ सालमा २६ वर्षको उमेरमै केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए।

नेविसंघको इतिहासमा निर्वाचनमार्फत् चुनिएको साउदको कमिटी दोस्रो थियो। त्यसअघि पार्टी नेतृत्वले आफ्नो विश्वासपात्रलाई नेविसंघको अध्यक्ष बनाउने परम्परा थियो। ०५९ वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्यका साउद कांग्रेस प्रजातन्त्रिकको ११औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बने। साउद ०६४ मा कांग्रेस र कांग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा पनि केन्द्रीय सदस्य नै बनेका थिए। त्यसयता उनी निरन्तर कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएका छन्।

२०५१ सालमा पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका साउद निर्वाचित हुन भने सकेनन्। २०५६ सालमा विजयी बनेका उनी २०६४ मा पराजित भए। २०७० मा निर्वाचित भएपनि २०७४ मा पराजित बन्न पुगेका थिए। २०७९ मा उनी पुनः निर्वाचित भएका थिए। साउद २०५६ मा शिक्षा राज्यमन्त्री र २०७० मा सिचाईंमन्त्री बनेका थिए।

प्रकाशित: २०८० बैशाख ३ गते आईतबार ०३:४०
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना