काठमाडौँ- नेपाल वाफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। साउदी अरवको जद्दास्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडयिममा भएको खेलमा नेपालले लेवनानलाइ २–१ ले पराजित गर्दै फाइनलका लागि सिट सुरक्षित गरेको हो।
दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा कर्नर किकबाट रिफ्लेक्ट भएको बललाई प्रिती राईले उत्कृष्ट गोल गर्दै नेपाललाई जितको बाटो देखाइन्।
खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाती गोलमार्फत लेवनानले अग्रता लिएको थियो। खेलको ७६औं मिनेटमा सावित्रा भन्डारी (साम्बा) ले चलाखीपूर्ण गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी थिइन्। खेलको अन्तिम समयमा प्रीतिले गोल गर्दै नेपाललाई फाइनल पुर्याइन्।
अब नेपालले उपाधिका लागि जोर्डनसँग खेल्नेछ।


