काठमाडौँ- कुवेतमा घरेलु काममा लगाइदिने भन्दै महिलालाई श्रीलंका पु¥याएर बेचविखन गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन्। उनलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
मियाँले पीडित महिलालाई सुनौली हुँदै भारतको नयाँदिल्ली पुर्याई त्यहाँका एजेन्टमार्फत श्रीलङ्का पठाएको अनुसन्धानका क्रममा खुलेको उनले बताए।
पीडित महिला श्रीलङ्का पुगेपछि त्यहाँ उनलाई ६८ दिनसम्म राहदानीलगायत कागजात जफत गरी बन्धक बनाएर राखेको खुलेको छ। उनलाई मानसिक यातना दिने तथा कुटपिट गर्ने गरेको पाइएको प्रवक्ता फुँयालले बताए। पक्राउ परेका मियाँलाई जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।


