काठमाडौं- नेपालले हङकङमा फ्रेन्डसीप कप र टी-२० आई त्रिकोणात्मक सिरिज खेल्ने भएको छ। नेपालले फागुन २६ गते हङकङसँग फ्रेन्डसीप कपको खेल्नेछ। यस्तै नेपालले हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्नेछ।
त्रिकोणात्मक सिरिजमा फागुन २७ गते नेपाल र हङकङबीचको खेल हुनेछ। फागुन २९ गते नेपालले पवुवा न्युगिनीविरुद्ध खेल्नेछ। दोस्रो खेलमा सोहि दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ। फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनल हुनेछ।


