काठमाडौं- केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ। शनिवार दरशथ रंगशालामा भएको फाइनलमा टाइब्रेकरमा न्यूरोड टिमलाई पराजित गर्दै उपाधि जितेको हो। निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
अन्तिम पेनाल्टीमा एनआरटीका विवेक गुरुङको प्रहार कप्तानसमेत रहेका गोलकिपर विशाल श्रेष्ठले छेकेपछि मछिन्द्र च्याम्पियन बनेको हो। मछिन्द्रले केपी ओली कपको पहिलो संस्करणको उपाधि पनि जितेको थियो।


