२०८३ कार्तिक १२ गते बुधबार

प्रचण्डले किन छुट्टाछुट्टै भेटे देउवा र ओली?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २०
deuba_oli_prachanda

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन्।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवासँग प्रधानमन्त्रीले कुराकानी गरेका हुन्।

ओलीपछि प्रधानमन्त्रीले देउवासँग कुराकानी गरेका थिए। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा प्रधानमन्त्रीले ओली र देउवासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको भनाइ छ।

संसदको कानुन, न्याय तथा मानवअधिकार समितिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विधाराधीन छ।

दलहरूबीच कुरा मिल्न नसक्दा संक्रमणकालीन न्याय सम्बन्धि विधेयक संसदको कानुन समितिमा लामो समयदेखि अड्किएर बसिरहेको छ।

यो विधेयक २०७९ फागुन २५ गते प्रधानमन्त्री प्रचण्डले संसदमा दर्ता गरेका थिए।

विधेयकमा सहमति जुटाउन जेठ ५ गते ११ सदस्यीय उपसमिति गठन गरिएको थियो।

उपसमितिले चारवटा मिल्न बाँकी रहेका विषय थाती राखेर गत असोज २३ गते प्रतिवेदन तयार पारेको थियो।

सबै विषय मिलाएर ल्याउन भन्दै उक्त विधेयक समितिमा नै फिर्ता भएको अवस्था छ।

उक्त विधेयकमा छलफल गर्ने तयारी समितिले गरेपछि प्रधानमन्त्रीले सक्रियता बढाएका हुन्।

प्रतिपक्षी दलहरूले विवादित मन्त्रीहरू मोहन बस्नेत, सुदन किराती, प्रकाश ज्वालाको राजीनामा माग गर्दै सदनमा लगातार अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एमाले सांसदका प्रश्नको सामना सोमबार गर्न प्रधानमन्त्री दाहाललाई रुलिङ गरेका छन्।

प्रधानमन्त्रीले आफूहरूका प्रश्नको जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि फागुन १८ गते घिमिरेले यस्तो रुलिङ गर्नुपरेको हो।

यसअघि प्रधानमन्त्री दाहालले लगातार संसदमा उपस्थित हुन अस्वीकार गर्दै आएका थिए।

यस्तै एमालेले मन्त्रीहरूको राजीनामा माग गरिरहेका बेला मन्त्री फेरबदलका लागि दाहालले कांग्रेससँग सहमति जुटाउने प्रयास गरिरहेका छन्। पछिल्लो समय मन्त्री फेर्न देउवा पनि सकारात्मक रहेको बताइएको छ।

सदनमा एमालेको विरोध मत्थर गर्न र मन्त्री परिवर्तन गराउने प्रयासमा देउवालाई मञ्जुर गराउन प्रधानमन्त्रीले दुवै नेतासँग छुट्टाछुट्टै कुराकानी गरेका हुन्।

प्रकाशित: २०८० फाल्गुण २० गते आईतबार ०१:०८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना