२०८३ कार्तिक २३ गते आईतबार

दिक्तेल बहुमुखी क्याम्पसलाई क्यूएएकाे मान्यता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २३
diktel

खोटाङ- दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ। आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो। क्याम्पसले मङ्गलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग खुसी आदान प्रदान गरेको छ।

क्याम्पसले औपचारिकरूपमा क्यूएए प्राप्ति गरेको जानकारी दिँदै क्यूएए प्राप्त गर्न पहल र प्रयास गर्ने सबैलाई धन्याद दिँदै बधाई ज्ञापन गरेको छ। क्याम्पसले क्यूएए प्राप्त गर्न २०७१ देखि प्रयासरत गरेको जनाइएको छ।

क्यूएएको प्रमाणपत्र प्राप्त गरेसँगै दिक्तेल बहुमुखी क्याम्पस पूर्वी पहाडमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न योग्य शैक्षिक संस्थाको रूपमा प्रमाणित भएको क्याम्पस प्रमुख हिराकुमार राईले जानकारी दिए। ‘देशभर १ हजार ४५५ वटा क्याम्पस सञ्चालनमा छन्। जसमध्ये अहिलेसम्म विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट १ सय ६ वटाले क्यूएए प्राप्त गरेका रहेछन्। त्यसभित्र हाम्रो क्याम्पसको नाम पनि लेखाउन सफल भएका छौँ’, उनले भने, ‘कोशी प्रदेशमा दुई सय तीनवटा क्याम्पस छन्। यसमध्ये १० वटाले यसअघि नै क्यूएए प्राप्त गरिसकेका रहेछन्। त्यसमा हाम्रो क्याम्पस पनि थपिएको छ। तर यो सधैँभरिका लागि होइन। पाँच वर्षपछि पुनः क्यूएएको प्रक्रियामा जानुपर्छ। यसका लागि हामी थप गुणस्तर सुधार गरेर अगाडि बढ्ने योजनामा छौँ।’

क्यूएए प्रदान गर्नका लागि आयोगको एजुकेसनल क्वालिटी एस्युरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यू टिमले गत जेठ २८ देखि असार १ गतेसम्म क्याम्पसमा आएर फाइनल एसेसमेन्ट गरेको थियो। जिल्लाकै ज्येष्ठ र अग्रणी संस्था दिक्तेल बहुमुखी क्याम्पसले क्यूएए प्राप्तिका लागि विसं २०७६ मा स्वअध्ययन प्रतिवेदन बुझाएको थियो।

क्यूएए प्राप्तिबाट उत्साहित दिक्तेल बहुमुखी क्याम्पसले हप्ता दिनअघिमात्र च्यास्मिटार मावि, चम्पावती मावि बुइपा र सरस्वती मावि पाथेकामा समुदायमा पहुँच कार्यक्रम सञ्चालन गरेको थियो। यस्तै क्यूएएबाट क्वालिफाइड भएको प्रमाणपत्र पाएको विषयमा जानकारी दिन जिल्लाका विभिन्न माविहरूमा प्रचारात्मक कार्यक्रम गरिएको क्याम्पस प्रमुख राईले जानकारी दिए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले ढिलै भए पनि क्यूएएको प्रमाणपत्र पाएकामा खुसी व्यक्त गरेका छन्।

२०३७ मा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०७० देखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो। दिक्तेल बहुमुखी क्याम्पसमा खोटाङसँगै छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी अध्ययन गर्दै आएका छन्।

मानविकी तथा समाजिकशास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायको विषय अध्ययन÷अध्यापन हुँदै आएको क्याम्पसमा करिब सात सयको हाराहारीमा विद्यार्थी छन्। आवासगृहसमेत रहेको क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायतका सुविधा उपलब्ध रहेको क्याम्पस प्रशासनले जनाएको छ।

प्रकाशित: २०८० फाल्गुण २३ गते बुधबार ०६:४८
प्रतिक्रिया

थप समाचार

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना