२०८३ कार्तिक १२ गते बुधबार

३ मन्त्रालय लिएर कर्णाली सरकारमा जाँदै कांग्रेस, ३ महिनामा तेस्रो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ४
rajkumar sharma mukhyamantri karnali
कर्णालीका मुख्यमन्त्री रामकुमार शर्मा। फाइल तस्बिर

सुर्खेत- कर्णाली सरकारमा सहभागी हुन नेपाली कांग्रेस सहमत भएको छ। सरकारको नेतृत्व गरिरहेका मा‌ओवादी केन्द्रका नेताहरूसँग कांग्रेसका नेताहरूको बैठकले सहमति जुटाएको हो। बुधबारसम्म कांग्रेसका मन्त्रीलाई शपथ गराउने तयारी मुख्यमन्त्री शर्माको छ।

नेपाली कांग्रेसले तीन मन्त्रालय लिएर सरकारमा जान लागेको हो। कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयल लिएर सरकारमा सहभागी हुन लागेको हो। तर माओवादीले भने आर्थिक आफूसँगै राखेर भौतिक पूर्वाधार विकास मन्त्रालय कांग्रेसलाई दिन चाहेको छ।

प्रदेश सरमारमा माओवादीले भने सरकारको नेतृत्वसहित तीन मन्त्रालय लिने छ। उसले एक राज्यमन्त्री पनि लिनेछ। उता कांग्रेस संसदीय दलको बैठकले पनि शर्मा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ।

४० सदस्यीय कर्णालीमा माओवादी र कांग्रेस मिल्दा सरकारलाई आवश्यक मत पुग्ने अवस्था छ। कांग्रेसका १४ र माओवादीका १३ सांसद छन्। नेकपा एसका एक जना र स्वतन्त्र चयन भएका एक जनाले पनि माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने सम्भावना छ। यसो गर्दा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई २९ मत प्राप्त हुने रहेको माओवादीका एक नेताले बताए। सरकारलाई पूर्णता दिएर वैशाख ७ गते शर्माले प्रदेशसभाको विश्वासको मत लिने तयारी गरेका छन्।

२०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्माले यसअघि नै दुई पटक विश्वासको मत लिइसकेका छन्। माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका उनलाई दिएको विश्वासको मत राप्रपाले फागुन १८ मा फिर्ता लिएको थियो। त्यसपछि उनले चैत १७ गते पनि विश्वासको मत लिए।

तर चैत २६ गते एमालेले पनि मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका हुन्।

प्रकाशित: २०८० बैशाख ४ गते सोमबार १०:२५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना