काठमाडौँ- एसीसी प्रिमियर कप मंगलबार (आज)बाट सुरु हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने उद्घाटन खेलमा नेपाल मलेसियासँग भिड्ने छ। रोहित पौडेलको कप्तानीमा नेपाली टोलीले अहमत फैजको कप्तानीमा रहेको मलेसियाली टोलीको सामना गर्नेछ।
सोमबार नै मूलपानी क्रिकेट रंगशाालामा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ। यो खेलसँगै मूलपानी रंगशालालले अन्तर्राष्ट्रिय मान्यता पाउने बताइएको छ।
प्रिमियर कपमा १० टोली सहभागी छन्। यी टोलीलाई दुई सुमहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन्। समूह ‘बी’मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। १८ गतेसम्म प्रिमियर कपका खेल हुनेछन्।
प्रिमियर कपको उपाधि विजेताले एसिया कपमा स्थान बनाउनेछ। एसिया कपमा भारत र पाकिस्तान पनि सहभागी हुनेछन्।


