काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष डा। शेष घले विश्व गैर–आवासीय नेपाली संघ (जिएनआरएनए) हंङकङको यही मार्च १० मा हुने प्रथम अधिवेशनमा सहभागि हुन हङकङ जाने भएका छन्।
चिमसा चोइ इस्टस्थित रेगल काउलुन होटलमा हुने अधिवेशनमा सहभागी भएपछि डा. घले मकाउ प्रस्तान गर्ने कार्यक्रम रहेको छ। त्यहाँ उनी जीएनआरएनए मकाउले ११ मार्चका लागि राखेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्।
कार्यक्रममा डा. घलेले जीएनआरएनए गठनको आवश्यकता, औचित्य र नेपालमा हुन गइरहेको केन्द्रीय अधिवेशनका बारेमा आफ्ना धारणा प्रस्तुत गर्ने जीएनआरएनए मकाउका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।
कार्यक्रममा डा. घलेले संस्थाको उद्देश्य, सांगठनिक परिकल्पना र विगतका कमीकमजोरीका बारेमा प्रस्ट्याउनेछन्जी एनआरएनए मकाउको स्थापनाका अप्ठ्यारा र चुनौतीबारे डा. घलेलाई अवगत गराउने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए।
जीएनआरएनएको हालसम्म २२ वटा देशमा राष्ट्रिय समन्वय परिषद् गठन भइसकेका छन्।


