२०८३ कार्तिक ११ गते मङ्गलबार

किन सन्तान जन्माउन चाहँदैनन् कोरियाली महिला?

 |  जीन म्याकेन्जी
Sanket

जीन म्याकेन्जी

काठमाडौँ, फाल्गुण २५
korea1

वर्षायामको मंगलबार दिउँसो येजिन आफ्नो अपार्टमेन्टमा साथीहरूका लागि खाजा पकाउँदैछिन्। सियोलको बाहिरी भागमा बस्ने उनलाई एक्लै भएकोमा दुःख छैन।

साथीहरूसँग खाना खाने क्रममा एक जनाले मोबाइलमा कार्टुन डायनासोरको मेम निकाले। उक्त मेममा डायनोसरले भन्छ- ‘सावधान रहनुहोस्। आफूलाई हामी जस्तै लोप हुन नदिनुहोस्।’ सबै महिलाहरुको हासोको फोहोरा छुट्यो।

‘यो हास्यास्पद छ, तर यो अँध्यारो छ, किनकि हामीलाई थाहा छ कि हामी हाम्रो आफ्नै लोप हुन सक्छ,’ हासो कम भएपछि टेलिभिजन निर्मातासमेत रहेकी ३० वर्षीया येजिनले भनिन्। न त उनी, न त उनका कोही साथीहरू, बच्चा जन्माउने योजनामा छन्। तिनीहरू बच्चामुक्त जीवन रोज्ने महिलाहरूको बढ्दो समुदायको हिस्सा हुन्।

संसारमा सबैभन्दा कम जन्मदर दक्षिण कोरियामा छ। सबैभन्दा कम जन्मदरको विश्वरेकर्डलाई दक्षिण कोरियाले वर्षैपिच्छे अझ घटाउँदै आइरहेको छ।

गत बुधवार मात्र सार्वजनिक भएको तथ्याङ्कले जनसंख्या वृद्धिदर अझ घटेको देखाएको छ। अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा ८ प्रतिशत कम हुँदै जनसंख्या वृद्धिदर ०.७२ मा सीमित भएको छ। यसको अर्थ १ सय जना महिलाले आफ्नो जीवनकालमा ७२ जना मात्र सन्तान जन्माउने गरेका छन् भन्ने हो। जनसंख्या स्थिर राख्नका लागि जनसंख्या वृद्धिदर २.१ प्रतिशत हुनुपर्छ। यदि जनसंख्या वृद्धिदरको घट्दो क्रम जारी रहने हो भने कोरियाको जनसंख्या सन् २१०० सम्ममा आधा हुने अनुमान गरिएको छ।

राष्ट्रिय संकट
विश्वव्यापी रूपमा, विकसित देशहरूले जन्मदर घटेको देखिरहेका छन्, तर दक्षिण कोरिया जस्तो तीव्र गतिमा कुनै पनि देशका जनसंख्या वृद्धदर घटेको छैन।

यसबाट हुने असरको प्रक्षेपण भने डरलाग्दो छ; ५० वर्षको अवधिमा, काम गर्ने उमेरका मानिसहरूको संख्या आधा हुनेछ, देशको अनिवार्य सैन्य सेवामा भाग लिनयोग्य नागरिकको संख्यामा पनि ५८ प्रतिशतले संकुचन हुनेछ। यस्तै लगभग आधा जनसंख्या ६५ वर्षभन्दा माथिको हुनेछ।

यसले देशको अर्थतन्त्र, निवृत्तिभरण कोष र राष्ट्रिय सुरक्षाका क्षेत्रमा गम्भीर असर गर्ने भएकाले राजनीतिज्ञहरूले ‘राष्ट्रिय संकटकाल’ घोषणा गरेका छन्।

यो समस्या समाधानका लागि भन्दै लगभग २० वर्षयताका सरकारले ठूलो लगानी गरेका छन्। जनसंख्या वृद्धिदर बढाउनका लागि ३ हजार ७९८ खर्ब कोरियाली वन (२ खर्ब २६ अर्ब अमेरिकी डलर) खर्च भइसकेको छ। यद्यपि वर्षैपिच्छे जनसंख्या वृद्धिदर भने ओरालो लागेको लाग्यै छ।

सन्तान जन्माएका दम्पती (बाबुआमा)हरूमा पैसाको वर्षा गरिएको छ। उनीहरूका लागि मासिक भत्तादेखि आवासमा सहुलियत र निःशुल्क ट्याक्सी सेवा उपलब्ध गराउने योजना ल्याइएको छ। अस्पतालको बिल मात्र होइन, आईभीएफ उपचार खर्चमा पनि ठूलो लगानी गरिएको छ। विवाहित दम्पतीलाई सन्तान उत्पादनका लागि प्रश्रय गर्न थुप्रै कार्यक्रम ल्याइएका छन्।

तर पनि आर्थिक प्रोत्साहनका यस्ता उपकरणले जनसंख्या वृद्धिदर बढाउन काम गरेका छैनन्। अब त्यहाँको राजनीतिक नेतृत्वले रणनीति परिवर्तन गर्न थालेको छ। न्यूतम पारिश्रमिकभन्दा कम दिएर दक्षिणपूर्वी एसियाली देशबाट सुसारेहरूलाई भर्ती गर्ने र ३० वर्षको हुनुअघि तीन सन्तान भएका पुरुषहरूलाई सेनामा सेवा गर्न छुट दिने जस्ता ‘सृजनात्मक’ समाधानबारे बहस गर्न थालेका छन्।

अचम्मको कुरा त के भने नीतिनिर्माताहरूले युवा र विशेषगरी महिलाका आवश्यकताका कुरा नसुनेको आरोप छ। त्यसैले एक वर्षसम्म हामीले कोरियाका विभिन्न स्थान पुगेर कोरियाली महिलाहरूलाई भेट गरी बच्चा नजन्माउने निर्णय लिनुका कारणबारे कुराकानी गरेका छौं।

२५-२६ वर्षको उमेर हुँदा नै येजिनले एक्लै बस्ने (विवाह नगर्ने) निर्णय गरेकी थिइन्। यो कोरियाली सामाजिक मान्यतालाई चुनौती थियो। धेरै हदसम्म, कोरियामा एकल जीवनलाई अस्थायी चरण मात्र मानिन्छ। पाँच वर्षअघि नै उनले विवाह नगर्ने र सन्तान नजन्माउने निर्णय गरिसकेकी छन्।

‘कोरियामा डेट गर्न मिल्ने मानिस भेट्टाउन गाह्रो छ। घरको काम र बालबालिकाको हेरचाहमा समान भूमिका निर्वाह गर्ने व्यक्ति भेट्टाउन पनि उतिकै कठिन छ,’ बीबीसीसँगको कुराकानीमा उनले भनिन्, ‘र, एकल आमालाई सामाजिक न्याय मिल्दैन।’

२०२२ मा, दक्षिण कोरियामा केवल २ प्रतिशत बालबालिका मात्र विवाहेतर सम्बन्धबाट जन्मिएका थिए।

‘कामको निरन्तर चक्र’
विवाह गरेर सन्तान जन्माउनुको सट्टा येजिनले टेलिभिजनमा आफ्नो करिअर बनाउन ध्यान केन्द्रित गरेकी छन्। यसरी टेलिभिजनमा करिअर खोज्दा बच्चा हुर्काउन पर्याप्त समय मिल्दैन। कोरियामा लामो समयसम्म काम गर्नुपर्ने मान्यता छ। यस्तो गर्दा बालबालिका र सम्बन्ध विस्तारका लागि धेरैलाई समय मिल्दैन। लामो समयसम्म काम गर्नुपर्ने कोरियाली प्रवृत्तिले कुख्याती कमाइसकेको छ।
येजिनले ९ बजेदेखि ६ बजेसम्म काम गर्छिन्। काम गर्नुपर्ने नियमित समय यो भएपनि उनी सामान्यतया बेलुका ८ बजेसम्म अफिस छोड्दिनन्। त्यसबापत उनले ओभरटाइमको तलवसुविधा त पाउँछिन् तर घर पुगेपछि उनीसँग सरसफाइ गर्ने मात्र समय हुन्छ।
‘मलाई मेरो काम मनपर्छ, यसले मलाई धेरै पूर्णता ल्याउँछ,’ उनी भन्छिन्, ‘तर कोरियामा काम गर्न गाह्रो छ, तपाईं कामको निरन्तर चक्रमा अड्कनुभएको छ।’

आफ्नो काममा अझ राम्रो बन्नको लागि फुर्सदको समयमा अध्ययन गर्न दबाब पनि छ। येजिन भन्छिन्, ‘कोरियालीहरूको यो मानसिकता छ कि यदि तपाईले आफूलाई अपडेट गर्ने काम निरन्तर गर्नुभएन भने, तपाई पछाडि पर्नुहुनेछ, र एक्लै बन्नुहुनेछ। असफल हुनुहुनेछ। यो डरले हामीलाई दोब्बर मेहनत गर्न प्रेरित गरेको छ।’

‘कहिलेकाँही सप्ताहान्तमा म आईभी ड्रिप लिन्छु। सोमबार काममा फर्कँदा पर्याप्त ऊर्जा प्राप्त होस् भन्नका लागि मात्र यस्तो ड्रिप लिने गरेकी हुँ,’ उनी थप्छिन्, ‘यो एकदम कम सप्ताहान्तमा मैले गर्ने काम हो।’ नसामा प्लास्टिकको क्याथेटर घुसाएर गरिने एक प्रकारको उपचार प्रणालीलाई आईभी ड्रिप भन्ने गरिन्छ। आईपी ड्रिप गर्दा पाचन प्रणालीलाई फाइदा पुग्ने सबै विश्वास छ। सहरी क्षेत्रमा बसोबास गर्ने पेसाकर्मी, खेलाडी र सेलिब्रेटीहरूले शरीरमा छिटो ऊर्जा भर्नका लागि यस्तो अभ्यास गर्ने गरेको आईभीबुस्टडटयुकेमा उल्लेख छ।

उनले मैले बोलेको हरेक महिलाको एउटै डर पनि सेयर गरिन्- यदि उनले बच्चा जन्माउनको लागि समय निकाले पनि काममा जान भने बाधा नै गर्छ। उनी भन्छिन्, ‘यदि बच्चाहरू छन् भने जागिर छोड्नुपर्छ भन्ने काम छोड्न पर्छ भनेर कम्पनीहरुले तीव्र रूपमा दबाब दिने गरेका छन्।’ आफ्नै बहिनी र आफ्ना दुई समाचार प्रस्तोताहरूसँग पनि यस्तै भएको उनले देखेकी छन्।

‘मलाई थाहा छ’
मानव संसाधन विभागमा काम गरेकी २८ वर्षीया महिलाले सन्तान जन्माएका महिलालाई जागिर छोड्न बाध्य पारिएको वा प्रसूति बिदा लिएका कारण बढुवामा नपरेका महिलाहरू देखेकी थिइन्। यिनै घटनामा कहिल्यै बच्चा नजन्माउने निर्णय लिन उनका लागि पर्याप्त भयो।

सन्तान जन्मिएपछि ८ वर्ष नपुगुन्जेलसम्म पुरुष र महिला दुवै जनाले एक वर्षको बिदा पाउँछन्। तर २०२२ मा ७० प्रतिशत आमाहरूले यस्तो बिदा लिएका थिए। तर ७ प्रतिशत बुबाहरूले मात्र यस्तो बिदा लिएका थिए।

आर्थिक सहायता तथा विकासका लागि संस्था (ओईसीडी)का सदस्य राष्ट्रमध्ये कोरियाका महिलाहरू सबैभन्दा बढी शिक्षित छन्। तर अझै पनि यो देशमा महिला र पुरुषको पारिश्रमिकमा ठूलो खाडल छ। तर रोजगारीमा जाने महिला र पुरुषको अनुपात भने उच्च छ।

रोजगारीमा सहभागिता भएपनि उनीहरूलाई व्यापारका लागि प्रयोग गरेको प्रमाणित भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। यसले उनीहरूमा या त करिअर वा परिवारमध्ये एक चयन गर्न दबाब बढाएको छ। तर कोरियाली महिलाहरू परिवारलाई त्यागेर करिअर रोजिरहेका छन्।
मैले (यो सामग्रीकी लेखकले) स्टेला सिनलाई स्कूलपछिको क्लबमा भेटेकी थिएँ। त्यहाँ उनले पाँच वर्ष आसपासका बालबालिकालाई अंग्रेजी सिकाउँछिन्।

‘बालबालिकाहरूलाई हेर। तिनीहरू धेरै प्यारा छन्,’ उनले चिच्याइन्। तर ३९ वर्षकी स्टेलाको आफ्नै सन्तान छैन। यो सही निर्णय थिएन, उनी भन्छिन्।

उनको विवाह भएको ६ वर्ष भइसकेको छ। उनी र उनको श्रीमान् दुवैले बच्चा चाहन्थे। तर काममा यति व्यस्त थिए कि समय बितेको पत्तै भएन। अब आफूले सन्तान हुर्काउन असम्भव भएको स्वीकार गरेकी छन्।

‘आमाहरूले पहिलो दुई वर्ष बच्चाको हेरचाह गर्न काम छोड्नुपर्छ, र यसले मलाई धेरै निराश बनाउँछ,’ उनले भनिन्, ‘मलाई मेरो करिअर र आफ्नो हेरचाह गर्नमै फुर्सद छैन।’

आफ्नो फुर्सदको समयमा स्टेला वृद्ध महिलाहरूको समूहसँग के-पप डान्सका कक्षामा भाग लिन्छिन्।

बच्चा जन्माउँदा महिलाले दुईदेखि तीन वर्ष कामबाट बिदा लिनुपर्ने महिलाहरूमा सोच छ।

तपाईंले आफ्नो पतिसँग पनि त सन्तान स्याहार बिदा सेयर गर्न सक्नु हुन्छ होला नि भन्ने जिज्ञासा राखेकी थिएँ। तर उनले मलाई एकतमासले हेरिन्।

‘जब मैले उहाँलाई भाँडा माझ्न लगाउँछु, उहाँले जहिल्यै केही न केही काम गर्न छुटाइरहनु भएको हुन्छ (काम बिगारिरहनु भएको हुन्छ)। म उहाँमा भर पर्न सक्दिनँ,’ उनले भनिन्।

काम छाड्न चाहेको भए पनि, वा परिवार र करियर बनाउन चाहेको भए पनि, घरको लागत महँगो भएकाले आफूले धान्न नसक्ने पनि उनको भनाइ छ।

कोरियाको आधाभन्दा बढी जनसंख्या राजधानी सियोलमा वा वरपर बस्छन्। जहाँ धेरै अवसरहरू त छन् तर अपार्टमेन्टको भाडा र महँगीले ठूलो दबाब सिर्जना गर्दछ। महँगीकै कारण स्टेला र उनको श्रीमान् विस्तारै राजधानीबाट छिमेकी प्रान्तहरूमा धकेलिएका छन्। उनीहरूले अझसम्म पनि जग्गा किन्न सकेका छैनन्।

सियोलको जन्मदर ०.५५ मा झरेको छ। यो हालसम्मकै सबैभन्दा कम हो।

त्यसपछि शिक्षाको लागत पनि उतिकै छ। खेप्नै नसकिने चर्को आवासभाडा संसारभरकै समस्या हो। यसले पनि कोरियालाई अरु देशभन्दा फरक बनाएको छ।

चार वर्षको उमेरदेखि नै बच्चाहरूलाई महँगो शुल्क तिरेर अतिरिक्त-पाठ्यक्रमका कक्षाहरूमा पठाउनुपर्छ। गणित र अंग्रेजीदेखि, संगीत र तेक्वान्दोसम्मका विषयमा अतिरिक्त कक्षामा पठाउनै पर्छ। यसमा ठूलो धनराशि खर्च हुन्छ। यसरी अतिरिक्त कक्षामा पठाउने अभ्यास कोरियामा व्यापक छ। अतिप्रतिस्पर्धात्मक वातावरण भएको कोरियामा यसरी अतिरिक्त कक्षामा नपठाए बच्चालाई असफल पार्ने तयारीका रूपमा बुझिन्छ। यसरी बच्चा हुर्काउने विश्वकै सबैभन्दा महँगो देश कोरिया बनेको छ।

सन् २०२२ मा गरिएको एक अध्ययनले केवल २ प्रतिशत आमाबाबुले मात्र बच्चाको ट्युसन फी भुक्तानी गर्नुपरेन। जबकि ९४ प्रतिशतले ट्युसन फी महँगो आर्थिक बोझ भएको बताएका थिए।

यी क्र्याम स्कूलकी शिक्षिकाको रूपमा स्टेलाले यो बोझलाई राम्ररी बुझेकी छन्। एक बच्चाका लागि प्रतिमहिना झन्डै ९ सय डलर आमाबाबुले खर्च गर्नुपर्छ। धेरैले कोरियाली युवायुवतीले यो खर्च धान्न सक्दैनन्।

‘अतिरिक्त कक्षामा नपठाउँदा बच्चाहरू पछि पर्छन्,’ उनले भनिन्, ‘जब म बच्चाहरूको वरिपरि हुन्छु, मेरो पनि एउटा बच्चा होस् भन्ने चाहन्छु। तर बच्चा हुर्काउन धेरै महँगो छ भन्ने मलाई थाहा छ।’

मिन्जी पनि आफ्नो अनुभव सुनाउन चाहन्थिन् तर सार्वजनिक रूपमा होइन। आफूले सन्तान जन्माउन नसक्ने कुरा उनी आमाबुवालाई थाहा दिन तयार छैनन्। ‘उहाँहरू धेरै स्तब्ध र निराश हुनुहुनेछ,’ तटीय सहर बुसानमा पतिसँगै बस्ने उनले भनिन्।

आफ्नो बाल्यकाल र २०-३० वर्षको उमेर दुखपूर्ण रूपमा बितेको उनले सम्झना गरिन्।

‘मैले मेरो सम्पूर्ण जीवन पढाइमा बिताएँ,’ उनले भनिन्, ‘पहिले राम्रो विश्वविद्यालयमा भर्ना हुन र पछि निजामती कर्मचारी बन्नका लागि परीक्षाको तयारी गर्नका लागि।’ उनले पहिलो जागिर २८ वर्षको उमेरमा सुरु गरेकी हुन्।

आफ्नो बाल्यकालमा उनी राती अबेरसम्म कक्षाकोठामा बिताउँथिन्। गणितलाई मन नपराउने उनले कलाकार बन्ने सपना सजाएकी थिइन्।

‘मैले मेरो सपनाहरू पूरा गर्न होइन, तर सामान्य जीवन बिताउनको लागि थुप्रै अन्तहीन प्रतिस्पर्धा गर्नुपर्‍यो,’ उनले भनिन्।

३२ वर्ष पुगेकी मिन्जी बल्ल स्वतन्त्र भएको महसुस गर्न थालेकी छन्। आफ्नै कमाइमा रमाइलो गर्न सक्षम भएकी छन्। उनी घुम्न मन पराउँछन् र पौडी खेल्न सिक्दैछन्।

उनी आफूले भोगेजस्तै अतिप्रतिस्पर्धाको दुःख बच्चालाई पनि बोकाउनु चाहन्नन्। बरु प्रतिस्पर्धाको पीडाबाट बच्चालाई मुक्ति दिन चाहन्छिन्।

‘केटाकेटीहरू खुसीसाथ बस्न सक्ने ठाउँ कोरिया होइन,’ उनले निष्कर्ष निकालिन्। उनका श्रीमानले सन्तान चाहन्थे र यसै विषयमा उनीहरुबीच लगातार झगडा पनि हुने गर्दथ्यो। तर उनका पति पनि अब मिन्जीकै चाहना स्वीकार गर्न तयार भएका छन्।
कहिलेकाहीँ उनको हृदय डगमगाउँछ, तर उनी वास्तविकता स्वीकार्छिन्। यो (आमा बन्न र सन्तान हुर्काउने काम) काम अब आफूबाट हुन सक्दैन भनेर आफूले आफैँलाई सम्झाउँछिन्।

एक निराशाजनक सामाजिक घटना
डाइजोन सहरमा जुंगेन चुन आफूलाई ‘एकल अभिभावक’ भन्न रुचाउँछिन्। आफ्नी सात वर्षीया छोरी र चार वर्षीय छोरालाई स्कुलबाट लिएपछि श्रीमान् कामबाट नआउञ्जेलका घण्टौं बिताउन उनी नजिकैको खेल मैदान घुम्छिन्। चुन सुत्ने बेलासम्ममा पनि उनका पति घर आइपुगेको विरलै मात्र हुन्छ।

‘मैले बच्चा जन्माउने राम्रो निर्णय गरेजस्तो लागेन। चाँडै काममा फर्कन सकुँला भनेर मैले सोचेकी थिएँ,’ उनले भनिन्। तर चाँडै नै सामाजिक र आर्थिक दबाबहरू सुरु भयो। उनले आफूलाई एकल अभिभावक भएको भेट्टाइन्। ट्रेड युनियनको वकालत गर्ने उनका श्रीमानले बालबालिकाको हेरचाह वा घरको काममा सहयोग गरेनन्।

‘मलाई धेरै रिस उठ्यो,’ उनले भनिन्, ‘म राम्रोसँग शिक्षित थिएँ र महिलाहरू समान छन् भनेर सिकाएको थिएँ, त्यसैले मैले यो स्वीकार गर्न सकिनँ।’

जङ्ग्योन भन्छिन् कि उनी दुःखी छिन् कि महिलाहरु मातृत्वको आश्चर्यबाट वञ्चित छन् किनभने उनीहरु ‘दुःखद परिस्थिति’ मा छन्।
यो समस्याको मुटुमा बस्छ।

विगत ५० वर्षहरूमा, कोरियाको अर्थतन्त्रले ब्रेकनेक गतिमा विकास गरेको छ। महिलाहरूलाई उच्च शिक्षा र कार्यशक्तिमा उत्प्रेरित गरेको छ। उनीहरूमा महत्वाकांक्षा विस्तार गरेको छ। तर पत्नी र आमाको भूमिका लगभग समान गतिमा विकसित भएको छैन।

निराश जुंगेनले अन्य आमाहरूलाई हेर्न थालिन्। ‘ओह, मेरो बच्चा हुर्काउने साथी पनि उदास छन्। सडकमा भेटिने मेरा साथीहरू पनि निराश छन्। ओहो! यो त सामाजिक विशेषता नै भइसकेछ।’

उनले आफ्ना अनुभवहरूलाई अनलाइनमा पोस्ट गर्न थालिन्। ‘मबाट कथाहरू निस्किरहेको थियो,’ उनले भनिन्। उनको वेबटुन सफल बन्यो। उनले तीन पुस्तक प्रकाशनमा ल्याइसकेकी छन्। कोरियाली महिलाहरू उनको कामसँग सम्बन्धित भएकाले उनका पुस्तकलाई धेरैले मन पराएका हुन सक्छन्।

अहिले उनी क्रोध र पश्चातापको चरण पार गरिसकेको बताउँछिन्। ‘म चाहन्छु कि मैले बच्चा हुर्काउने वास्तविकता र आमाहरूले के गर्ने अपेक्षा गरिन्छ भन्नेबारे थप जान्न पाएको छु,’ उनले भनिन, ‘महिलाहरूले अहिले बच्चा जन्माउन मन नगर्नुको कारण यो हो कि उनीहरूसँग यसबारे कुरा गर्ने साहस जुटाएका पनि छन्।’

तर जुंगेन दुःखी छिन्। उनी भन्छिन्, ‘महिलाहरूलाई मातृत्वको आश्चर्यबाट बञ्चित गरिएको छ। किनभने तिनीहरूलाई संकटपूर्ण परिस्थितिमा जान बाध्य पारिएको छ।’

तर मिन्जी भन्छिन् भने कृतज्ञ पनि छिन्। ‘सन्तान जन्माउ चाहने/नचाहने निर्णय गर्न पाउने हामी पहिलो पुस्ता हौं। यसअघिको समयमा महिलाले बच्चाहरू जन्माउनै पर्थ्यो। तर अहिले हामीले सन्तान जन्माउन इन्कार गर्नसमेत सक्ने भएकाले हामीले सन्तान रोजेनौं।’

‘सके म १० जना बच्चा जन्माउने थिएँ’
येजिनको अपार्टमेन्टमा फर्केर, खाजा खाएपछि, उनका साथीहरू उनका पुस्तकहरू र अन्य सामानहरू हेर्दैछिन्।

कोरियाली जीवनशैलीबाट थकित येजिनले न्यूजील्याण्ड जाने निर्णय गरेकी छन्। बिहानीपख बलेको बत्तीको उज्यालोमा बसेर उनले यो कुरा सोचेकी हुन् कि उनलाई कोरिया बस्नैपर्छ भनेर कसैले जबरजस्ती गरेको छैन।

उनले लैङ्गिक समानतामा उच्च स्थानमा रहेका देशहरूबारे अनुसन्धान गरिन्। न्युजिल्यान्ड अगाडि आयो। ‘यो यस्तो ठाउँ हो जहाँ पुरुष र महिलालाई समान तलब दिइन्छ,’ उनी भन्छिन्, ‘त्यसैले म बाहिर जाने योजनामा पुगेकी हुँ। यहाँ म दिक्क भइसकेँ।’

मिन्सुङलाई भने बच्चा जन्माउन मन छ। ‘मलाई बच्चाहरू जन्माउन मन छ। म सक्थेँ भने १० जना जन्माउने थिएँ।’
त्यसोभए उनलाई के रोकिरहेको छ त? २७ वर्षीया युवतीले मलाई आफू उभयलिंगी भएको बताउँछिन् र आफू समलिङ्गी यौनिक क्रियाकलाप गर्न रुचाउँछिन्।

दक्षिण कोरियामा समलिङ्गी विवाह गैरकानूनी छ। अविवाहित अवस्थामा महिला गर्भवती हुनुलाई पनि त्यहाँ वैध मानिँदैन।

‘आशा छ, एक दिन यो परिवर्तन हुनेछ, र मैले माया गरेको व्यक्तिसँग विवाह गर्न र बच्चा जन्माउन सक्षम हुनेछु,’ उनी भन्छिन्।

कोरियाको नाजुक जनसांख्यिकीय अवस्थालाई ध्यानमा राख्दै उनीहरूले निष्कर्ष निकाले- आमा बन्न चाहने केही महिलाहरूलाई अनुमति छैन। यो विषयमा राजनीतिज्ञहरूले विस्तारै संकटको गहिराइ र जटिलतालाई विश्लेषण पनि गर्दै आएका छन्।

यसै महिना दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले जनसंख्या वृद्धिदरको घट्दो ट्रेन्डको समस्याबाट बाहिर निस्कन यसअघि गरिएका प्रयासहरूले काम नगरेको बताए। दक्षिण कोरिया ‘अत्यधिक र अनावश्यक रूपमा प्रतिस्पर्धी’ भएको पनि उनको भनाइ थियो। उनको सरकारले अब घट्दो जन्मदरलाई ‘संरचनात्मक समस्या’को रूपमा लिनेछ। यद्यपि यो नीति कसरी कार्यान्वयन हुनेछ भन्ने हेर्न बाँकी छ।

यस महिनाको सुरुमा, मैले न्युजिल्यान्डबाट येजिनलाई भेटें, जहाँ उनी तीन महिनादेखि बस्दै थिइन्। उनी आफ्नो नयाँ जीवन र साथीहरू, र पबको भान्छामा काम गर्ने उनको कामको बारेमा गुन्जिरहेको थियो। ‘मेरो काम र जीवन सन्तुलन धेरै राम्रो छ,’ उनले भनिन्। उनले सातान्तमा आफ्ना साथीहरूलाई भेट्न सक्छिन्।

‘म काममा धेरै सम्मानित महसुस गर्छु। यहाँका मानिसहरू कम अरुको कामको विषयमा कमै चियोचर्चो गर्छन्,’ उनले थपिन्, ‘यसले मलाई घर नफर्कन प्रेरित गरिरहेको छ। ‘

(लीयुन चोई, होसु ली र वोन्जुङ बाईको सहयोगमा तयार पारी बीबीबीमा प्रकाशित यो सामग्री तीर्थराज निरौलाले भावानुवाद गरेका हुन्।)

प्रकाशित: २०८० फाल्गुण २५ गते शुक्रबार ११:३५
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना