२०८३ कार्तिक १२ गते बुधबार

भीम र कुशलको शतकीय साझेदारीमा नेपालको विजयी सुरुआत

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ५
nepal

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा आजबाट सुरु भएको एसीसी प्रिमियर कपमा नेपालले ६ विकेटको जितसँगै सुखद् सुरुआत गरेको छ। उद्घाटन खेलमा २३६ रनको लक्ष्य पाएको नेपालले ३६ ओभर खेल्दै ६ विकेट बचाएर पहिलो जित निकालेको हो।

पहिलो पारीमा विपक्षी मलेसियाले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३५ रन बनाएपछि नेपालले २३६ रनको लक्ष्य पाएको थियो। मलेसियाका लागि कप्तान फाइजले सर्वाधिक रन बनाएका थिए।

जवाफी ब्याटिङ गर्ने क्रममा नेपालले राम्रो सुरुआत गरेन। ओपनर आसिफ शेख मुहम्मद वाफिकको हातबाट कट एन्ड बोल्ट भए। तर कुशल भुर्तेल १०औं ओभरसम्म टिकेर ३८ रन बनाए।

तेस्रो नम्बरमा मैदान छिरेका रोहित पौडेल आउट हुनुपूर्व ४२ रन बनाएका थिए। ५ चौका प्रहार गरेका पौडेललाई विरन्दीप सिंहले मुहम्मदको हातबाट क्याचआउट गराए।

पाँचौ नम्बरमा मैदान प्रवेश गरेका कुशलले भने सुस्त सुरुआत गरेर पछि विश्फोटक ब्याटिङ गरे। उनीविरुद्ध मलेसियाका खैजर हयातले एकै ओभरमा १६ रन खर्चिएका थिए। त्यसपछि पनि नेपालले ११ रन र १० रन बनाएको थियो। यो क्रम खेलभरी जारी रह्यो।

नेपालले ११९ रन बनाएको अवस्थामा यि दुई खेलाडीले २३१ रनको शतकीय साझेदारी गरे। भीमले ७१ रन बनाउँदा कुशलले २८ बलमै अर्धशतक बनाएका थिए।

कुशल अन्तिमसम्म टिकेर ७० रन बनाए। उनले पाँचौ चौका र पाँच छक्का प्रहार गरे। मलेसियाका वाफिक, हैदर, उन्नी र सिंहले समान १–१ विकेट लिए।

पहिलो पारीमा नेपालका गुल्सन झाले ओपनर मुहम्मद अमिरलाई छैटौं ओभरमा आउट गराएका थिए। राम्रो प्रदर्शन गरेको मलेसियाको पहिलो विकेट झर्दा उसले २२ रन मात्र बनाएको थियो। तर मैदानमा रहेका विरनदीप सिंहले कप्तान अहमद फाइज (तेस्रो ब्याटर)सँग मिलेर ११६ रनको साझेदारी गरे।

दोस्रो विकेटमा रुपमा आउट हुनुअघि फाइजले ९५ बलमा ७६ रन बनाएका थिए। सन्दीप लामिछानेको बलमा आसिफ शेखले फाइजलाई स्टम्पिङ गराएका हुन्। त्यतिबेलासम्म सिंहले पनि ४१ रन बनाइसकेका थिए।

नेपालले पहिलो विकेट गिराएको लामो समयसम्म दोस्रो विकेट लिन सकेको थिएन। छैटौं ओभरमा विकेट लिएपछि नेपालले अर्को विकेटको लागि २८ ओभर लामो यात्रा गर्नु परेको थियो। नेपालका लागि बलिङ गरिरहेका सोमपाल कामी, ललित राजवंशी, आरिफ शेख, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले ३७ ओभर सकिँदासम्म पनि विकेट लिएन सकेका थिएनन्।

यसबीच नेपालले दुई मात्र विकेट लिन सकेको थियो। मलेसियाविरुद्ध नेपालले गरेको यो निकै फितलो र कमजोर प्रदर्शनसमेत हो। त्यसपछि नेपाली बलरले प्रदर्शन सुधार गर्दै विकेट लिए। ३८ औं ओभरको पहिलो बलमा ललितले व्यक्तिगत पहिलो विकेट लिए।

ललितको बलमा अर्धसतक पुर्याउन लागेका विरनदीप सिंह आउट भए। मैदानमा ९४ बल खेलेर ४६ रन बनाएको अवस्थामा ललितले विरनदीपलाई सोमपालबाट क्याचआउट गराएका थिए। मलेसियाले तेस्रो विकेट गुमाउँदा उसले १५५ रन बनाएको थियो।

ललितले अर्को विकेट भने ४०औं ओभरको पहिलो बलमा लिए। उनले त्यतिबेला विजय उन्नीलाई पेवेलियन फर्काएका थिए। सोमपालले चाहीँ खेलको ४१ औं ओभरको चौथो बलमा सियल अजिज(१३ रन)लाई रोहित पौडेलको हातबाट क्याचआउट गराए।

यससँगै मलेसिया पाँच विकेट गिराएर १७३ रन बनाएको अवस्थामा थियो। नेपालले पछिल्लो चार ओभरमा तीन विकेट लिएको अवस्था बन्यो। त्यो अवस्थामा प्रशिक्षक मोन्टी देशाई आफैं पानी बोकेर मैदानको वरिपरि घुमेर खेलाडीलाई सुझाव दिइरहेका देखिन्थे।

नेपालले त्यसपछि लगातार विकेट लियो। ४७ औं ओभरमा सोमपालले पहिलो बल डट फालेर लगातार दुई विकेट लिए। फित्रि साम शून्यमै आउट भएका थिए भने खिजर हयातले २२ रन बनाएका थिए। यससँगै मलेसियाले सातौं विकेट गुमाएर २०९ रन बनाएको थियो।

यसरी नेपालका लागि आज सोमपाल र सन्दिपले धेरै विकेट लिए भने ललित राजवंशीले किफायति बलिङ गरे। यससँगै अन्तिममा सन्दीपले सोमपालसँग बराबरी गरेका थिए। अन्तिममा मलेसियाले आठ विकेट गुमाएर २३४ रन बनायो। आजको जितसँगै नेपालले समूह ए मा २ अंक जोडेको छ।

प्रकाशित: २०८० बैशाख ५ गते मङ्गलबार ०३:५९
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना