काठमाडौँ- त्रिकोणात्मक टि–२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज नेपालले घरेलु टोली हङकङसँग खेल्दैछ । सिरिजकाे पहिलो खेल नेपाली समय अनुसार विहान ११ः१५ बजे मोकं कोकमा हुने छ।
यो त्रिकोणात्मक सिरिज नेपाल, हङकङ र पपुवा न्युजिनीबिच हुने छ। नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक श्रृङ्खलाको फाइनल खेल हुनेछ।
त्यसअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान) कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन्।


