२०८३ कार्तिक १२ गते बुधबार

गल्फ च्याम्पियनसिप : एमच्योरमा सद्भाव र प्रोमा सञ्जय शीर्षस्थानमा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ६
surya gulf
संयुक्त लिडर एमरच्योर गल्फर सद्भाव आचार्य।

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन एमच्योर सद्भाव आचार्य र प्रोमा सञ्जय लामा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्।

गोकर्ण गल्फ क्लबमा राष्ट्रिय टिमका सदस्य सद्भावले दिनकै उत्कृष्ट ६-अन्डर ६६ को कार्ड बनाए। सञ्जयले २-अन्डर ७० को नतिजा निकाले। दुवैले ३६ होलको समाप्तिमा समग्रमा ८-अन्डर १३६ स्कोर बनाउँदै डिफेन्डिङ च्याम्पियन सुबास तामाङलाई एक स्ट्रोकले पछि पारे। नेपाल नम्बर एक एमेच्योर गल्फर सुवासले ५-अन्डर ६७ मा दोस्रो दिनको खेल सकाउँदा उनी समग्रमा ७-अन्डर १ सय ३७ सहित तेस्रो स्थानमा उक्लिएका छन्।

४-अन्डर ६८ को कार्ड तयार पारेका निरज तामाङ समग्रमा ३-अन्डर १ सय ४१ को स्कोरमा‌ चौथो स्थानमा उक्लिए। रबि खड्काले १-ओभर ७३ को स्कोर जोड्दा समग्रमा २-अन्डर १ सय ४२ सहित पाँचौं स्थानमा तल झरे। दोस्रो दिन लयमा फर्किएका दाबेदार भुवन नगरकोटीले ४-अन्डर ६८ को प्रदर्शनका साथ समग्रमा १-अन्डर‌ १ सय ४३ सहित छैटौं स्थानमा उक्लिए।

समग्रमा इभन-पार १ सय ४४ सहित सातौं स्थानमा रहने क्रममा कमल तामाङले‌ दोस्रो दिन १-अन्डर ७१ मा खेल सकाए। पोखराका प्रो भुबहादुर गुरूङले ३-ओभर ७५ स्कोर गर्दा समग्रमा १-ओभर १ सय ४५ सहित आठौं स्थानमा रहेका छन्। समग्रमा २-ओभर १ सय ४६ को नतिजामा रमेश अधिकारी र तोरण विक्रम शाहीले संयुक्तरुपमा नवौं‌ स्थान बाँडे। रमेशले १-अन्डर ७१ र तोरणले ३-ओभर ७५ मा दोस्रो दिनको खेल सकाए।

३६ होलको समाप्तीमा १४-ओभर १ सय ५८ स्कोर गर्ने २१ प्रो र आठ एमरच्योर खेलाडीले कट बनाएका छन्। प्रोतर्फ दिनेश प्रजापति, राजेन्द्र श्रेष्ठ प्रधान, शिवराम पौडेल, सुर्यप्रसाद शर्मा, जयराम श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, बलभद्र राई, भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, टंक बहादुर कार्की, रामे मगर, धन बहादुर थापा र दीपक मगरले कट बनाए।

एमरच्योरतर्फ सहभागी नौ मध्ये आठ खेलाडीले कट बनाएका छन्। विजय श्रेष्ठ आइनहाउस, सुरेश तामाङ, वाङ्गचेन ढोन्डुप, टासी छिरिङ, युवराज भुजेल र भरत थापा मगरले अन्तिम दुई राउन्डको लागि स्थान सुरक्षित गरे।

सद्भावले सुरूवात सानदार गर्दै फ्रन्ट नाइन ७-अन्डर २९ मा सकाए। उनले पहिलो होलमा बर्डी प्रहार गर्दै दिनको सुरूवात गरे। यसपछि तेस्रो देखि सातौं होलसम्म लगातार ५ बर्डीको सफलता प्राप्त गरे। नवौं होलमा पनि एक सट बचाए। फ्रन्ट नाइनमा उम्दा प्रदर्शन गरेका सद्भावले ब्याक नाइनमा भने १-ओभर ३७ खेले। उनले १२औं होलमा बर्डी प्रहार गरेपनि १३औं र १५औं होलमा एक-एक सट खेर फाले।

पहिलो दिनका लिडर सञ्जय लामाले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। दोस्रो, चौंथो र पाँचौं होलमा बर्डी प्रहार गरेका उनले तेस्रो र सातौं होलमा एक-एक सट खेर फाले। ब्याक नाइनमा सञ्जयले ११औं र १२औं‌ होलमा लगातार दुईवटा इगलको सफलता प्राप्त गरे। तर त्यसपछि उनले लय गुमाउँदै १४औं‌ र १६औं‌ होलमा डबल बोगी खेपे। सञ्जयले १८औं होलमा बर्डी प्रहार गर्दै शीर्ष स्थान बाँडे।

दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवासले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाउने क्रममा पहिलो र पाँचौ होलमा बर्डी प्रहार गर्दा तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १२औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे।

७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र‌ ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।

प्रकाशित: २०८० बैशाख ६ गते बुधबार ०९:१२
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना