काठमाडौँ- नेपालले पपुवा न्युनिजीलाई १९९ रनको लक्ष दिएको छ। २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले १९८ रन बनाएको हो।
कुशल भुर्तेल र सन्दीप जोराको अर्धशतकमा नेपालले पिएनजीलाई उक्त तार्गेट दिएको हो।
हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो।
नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए। विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए।
लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए। विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे। गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहेका थिए।


