२०८३ कार्तिक १२ गते बुधबार

प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद् बैठक सुरु

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ६
constitutional council
संवैधानिक परिषद् बैठक। तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- संवैधानिक परिषद्को बैठक बुधबार बिहान सिंहदरवारमा सुरु भएको छ। प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बसेको हो।

यथाशीघ्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन कांग्रेस, एमाले र माओवादी सहमत छन्। यसका साथै सरकारमा सहभागी दलले पनि प्रधानन्यायाधीश नियुक्तिमा ढिलाई गर्न नहुने सुझाव प्रधानमन्त्रीलाई दिएको थिए।

संविधानको धारा २८४ को उपधारा (१) अनुसार परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ। प्रधानन्यायाधीश पद रिक्त रहेको अवस्थामा कानुन तथा न्यायमन्त्री सदस्य रहेन व्यवस्था सोही धाराको उपधारा (२)मा उल्लेख छ।

हाल दाहाल प्रधानमन्त्री भएकाले परिषद्को अध्यक्ष पनि छन्। यसअघि कानुन मन्त्रालयको जिम्मेवारी पनि आफैँसँग राखेका प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा समेतको सहमतिमा कांग्रेसको तर्फबाट पनि संवैधानिक परिषद्‍मा प्रतिनिधित्व गराउन रक्षामन्त्री खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। योसँगै परिषद्‍मा अब प्रधानमन्त्री दाहालसँगै, केपी शर्मा ओली, देवराज घिमिरे, गणेश तिमल्सिना, इन्दिरा राना र पूर्णबहादुर खड्का सदस्य रहने भएका छन्।

प्रधानन्यायाधीश नियुक्तिका विषयमा संवैधानिक परिषद् बैठकमा छलफल हुने बताइएको छ। २७ मंसिर २०७९ मा चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएदेखि प्रधानन्यायाधीश पद रिक्त छ। हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन्।

सोमबार नै प्रधानन्यायाधीशको नियुक्तिका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रधानमन्त्री प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। भेटमा सभामुख देवराज घिमिरे पनि सहभागी थिए। सोमबार नै सत्ता साझेदार ५ दलको बैठक बालुवाटारमा बसेको थियो। बैठकमा पनि प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको थियो।

यसअघि तत्काल प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’सँग बिहीबार नेपाल बार एसोसिएसनका पदाधिकारीले माग गरेका थिए।

१४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले लामो समय प्रधानन्यायाधीश पद रिक्त बन्दा समग्र न्यायप्रणालीमा असर परेको भन्दै बारका पदाधिकारीले प्रधानमन्त्री दाहालको ध्यायनकर्षण गराएका थिए। बढीमा १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया नथाले आन्दोलनमा उत्रने चेतावनीसमेत बारले दिएको थियो।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित: २०८० बैशाख ६ गते बुधबार ०८:४८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना