काठमाडौं- सुनको तस्करी (अवैध पैठारी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझेको छ।
आइतबार गृह मन्त्रालय पुगेर सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीले आयोगको प्रतिवेदन बुझेका हुन्। प्रतिवेदन बुझेपछि उनले अध्ययन गरी कारबाही प्रक्रिया अघि बढाउने बताएका छन्।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्षतामा बनेको आयोगले ५ महिना अध्ययन गरी गृहमन्त्री रवि लामिछानेलाई फागुन ३० गते प्रतिवेदन बुझाएको थियो।
विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका आयोग बनेको थियो।


