२०८३ कार्तिक १२ गते बुधबार

पटकपटकको प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हत्या, एक महिनापछि भेटियो किशोरीको शव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ४
murder

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुष्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा गोकर्णेश्वर नगरपालिका-३ तारेभिरका २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको थियो।

गत माघ २२ गते कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ तारेभिरकी १८ वर्षीया सुस्मा लामा बेपत्ता थिइन्।

उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो। फागुन २५ गते उत्खनन गरी सनाखत गरिएको थियो।

प्रहरीका अनुसार सुष्मालाई रुपेन्द्रले मन पराएका थिए।

विगत ८ महिनादेखि एकोहोरो मन पराएका उनले सुष्मालाई पटकपटक प्रेम प्रस्ताव राखेका थिए।

तर किशोरीले अस्वीकार गर्दै आएकी थिइन्।

पटकपटक प्रेम प्रस्ताव राख्दा पनि अस्वीकार गरेपछि हत्या गरेको भनी रुपेन्द्रले बयान दिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनी निस्किएकी लामा सम्पर्कमा आइनन्।

माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोस्ट गर्दै ३ दिनमा फर्कने उल्लेख गरेकी थिइन्।

उक्त स्टाटस पनि युवक रुपेन्द्र आफैँले सुष्माको फेसबुकबाट पोस्ट गरेका थिए।

तीन दिनसम्म बाटो हेरेका परिवार माघ २५ गते प्रहरी वृत्त बौद्ध पुगेको थियो।

उनीहरुले सुष्मा सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।

एक महिनापछि फागुन २४ गते साँझ हात मात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको थियो।  २५ गते उत्खनन भयो।

हात पेटीले कसेको र घाँटीमा टाईले कसेको सडेगलेको अवस्थामा रहेको शव सुष्माकी आमाले सनाखत गरेकी थिइन्।

अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताबकापीसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २०८० चैत ४ गते आईतबार ०४:५५
प्रतिक्रिया

थप समाचार

जलाशययुक्त आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना