काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन्।
सोमबार ४ बजे बार्कले त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा अवतरण गरेका हुन्।
नेपाल आइपुगेका अध्यक्ष बार्कलेलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए।
नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन्।
उनले त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन्।
नेपालमा रहँदा बार्कलेले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग भेटघाट र कुराकानी गर्ने कार्यक्रम छ।
बार्कले भारत हुँदै नेपाल आएका हुन्। वुमन्स प्रिमियर लिगको फाइनलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको फाइनल हेर्न बार्कले भारत आएका थिए।
नेपालले २०२७ मा आईसीसी वुमन्स यु-१९ विश्वकप आयोजना गर्दैछ। त्यसको लागि उनले मूलपानी र टीयूको मैदान निरीक्षण गर्ने भएका हुन्।
बार्कले चैत ८ सम्म नेपालमा रहने जानकारी क्यानले दिएको छ।


