२०८३ कार्तिक १८ गते मङ्गलबार

गाजा युद्धविरामका लागि वार्ता ‘जारी’ छ– कतार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १३
nepalclicks

काठमाडाैँ- युद्धरत पक्षहरूले प्रगतिको अभावमा दोषारोपण गरे पनि हमास र इजराइलबीच गाजा युद्धविराम र बन्धकहरूको आदानप्रदानमा वार्ता जारी रहेको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ।

विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले वार्ता ‘जारी’ रहेको उल्लेख गर्दै ‘कुनै पनि टोलीले वार्ताबाट बाहिरिएको भन्ने सोचको विकास नभएको’ बताए।

गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली बन्धकहरूको रिहाईका लागि धेरै सातादेखि पर्दापछाडि रहेर अमेरिका र इजिप्टसँग मिलेर कतार वार्तामा संलग्न रहेको छ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार ‘तत्काल युद्धविराम’ को माग गर्दै एउटा प्रस्ताव ग्रहण गरेपछि हमास र इजराइलले कुनै पनि सम्झौता गर्न असफल भएको दोषारोपण लगाएका छन्।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र उनको मन्त्रिपरिषद ‘वार्ताको प्रयास असफल हुनु र अहिलेसम्म कुनै सम्झौता हुनबाट रोक्नका लागि पूर्णरूपमा जिम्मेबार रहेको’ हमासले बताएको छ।

जवाफमा नेतान्याहु कार्यालयले सामाजिक सञ्जाल एक्समा सुरक्षा परिषद्को मतदानबाट उत्साहित भएकाले हमासलाई ‘वार्ता जारी राख्न कुनै रुचि नभएको’ आरोप लगाएको छ।

प्रवक्ता अन्सारीले दोहा पत्रकार सम्मेलनमा सुरक्षा परिषद्को प्रस्तावको स्वागत गर्दै उक्त प्रस्तावले ‘वार्तामा कुनै प्रभाव नपार्ने’ बताए।

उनले दोहामा इजराइली प्राविधिक टोलीको उपस्थितिबारे विशेषरूपमा टिप्पणी गर्न नसक्ने बताए। यद्यपि उनले भने, ‘यी टोलीहरूको आगमन र प्रस्थान हुँदै गर्दा पनि दोहामा बैठकहरू अहिले पनि जारी छन् र यी वार्ता गर्ने टोलीका केही हिस्सा हुन् भन्ने म पुष्टि गर्न सक्छु, अहिले मैले बोलिरहँदा पनि दोहामा वार्ता भइरहेको छ।’

प्रकाशित: २०८० चैत १३ गते मङ्गलबार ०८:५९
प्रतिक्रिया

थप समाचार

नेपाल पुनर्बीमामा सरकारको लगानी थपिने, हकप्रद सेयरमा रकम जुटाउन बाटो खुल्यो

काठमाडौँः नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप लगानी गर्ने भएको छ। कम्पनीले जारी गर्ने हकप्रद सेयरमा सरकारको तर्फबाट लगानी गर्न मन्त्रिपरिषद्ले सहमति दिएको हो। कात्तिक १७ गते...

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना