२०८३ कार्तिक १२ गते बुधबार

गृहमन्त्री रविलाई संसदीय समितिमा बोलाएको विषयमा एमालेको आपत्ति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १४
rajya_byabastha_rabi-4

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेलाई राज्य व्यवस्था तथा सुशासन समितिमा बोलाएको विषयमा एमाले सांसदहरूले आपत्ति जनाएका छन्।

बुधबार समितिको बैठकमा एमालेका पृथ्वीसुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठले आपत्ति जनाएका हुन्। बैठकको विषयमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक छलफल भनेर बैठक बोलाएकोमा आपत्ति उनीहरुको आपत्ति थियो।

दुवै सांसदले विषय तोकेर बैठक राख्न समिति सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराएका थिए।

सहकारीसँग जोडिएको विषय सहकारी मन्त्रालयले हेर्ने भन्दै गुरुङले आफ्नो रिस जहाँ छ त्यहीँ पोख्न नपाइने बताएका थिए। यसपछि खतिवडाले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा नै छलफल गर्नका लागि बैठक बोलाइएको बताएका थिए। तर गुरुङले सहकारी क्षेत्र गृह मन्त्रालयको विषय हुन नसक्ने जिकिर गरेका थिए।

अर्का एमाले सांसद कृष्णगोपाल श्रेष्ठले पनि समितीले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएको भन्दै असहमति जनाएका थिए। बैठकमा उनले पटक-पटक ‘आज समितीको बैठकमा रमाइलो छ’ भनिरहेका थिए।

उता नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र लेख्नुको कारण बताउन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जवाफ माग गरेका थिए।

बडूले संविधानमा फौजदारी कसुरमा अनुसन्धानका लागि सांसदलाई पक्राउ गर्दा मात्र सभामुखलाई जानकारी गराउने संवैधानिक व्यवस्था रहेको स्मरण गराएका थिए। तर सांसद चौधरीको हकमा छानबिन गर्दैछौं भनेर पत्र पठाइएको भन्दै उनले भने, ‘ह्यारेसमेन्ट गर्ने मात्र उद्देश्य हो कि? आफ्नो ठाउँ लिइहाल भनेर हो कि? पूर्वाग्रह राखेको हो?’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सभामुखलाई पत्र लेखेर बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा सांसद चौधरीबारे अनुसन्धान भइरहेको जानकारी गराएको थियो।

त्यसको भोलिपल्ट चौधरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेर बयान दिएका थिए।

प्रकाशित: २०८० चैत १४ गते बुधबार ०१:२२
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना