काठमाडौँ- नेपाल ‘ए’ले आयरल्यान्डसँग दोस्रो हार बेहोरेको छ। शनिबार भएको खेलमा नेपालले ४० रनको हार बेहोरेको हो।
शनिबार भएको खेलमा आयरल्यान्डले २ सय २५ रनको लक्ष्य दिएको थियो। नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो। शुक्रबारको खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हार्नु परेको हो।
नेपाललाई ओपनरद्वय लोकेश बम र देव खनालले उत्कृष्ट सुरुवात दिलाएका थिए। बमले १३ बलमा २५ रनको विस्फोटक इनिङ्स खेले। उनले यसक्रममा ३ चौका र २ छक्का हानेका थिए।
त्यस्तै, खनालले २५ बलमा ४७ रन बनाए। उनले ७ चौका हिर्काएका थिए। कप्तान विनोद भण्डारीले १३ बलमा १ चौका र ३ छक्का हिर्काउँदै २६ रनको योगदान दिएका थिए।


