काठमाडौँ- क्रिस्चियन धर्मावलम्बीले इस्टर सन्डे मनाइरहेका छन्।
बिहानैबाट र्याली निकाली भृकुटीमण्डपमा पुगी येशुको प्रार्थना, भजनगायन गरेका थिए।
येशु ख्रिष्टको पुनरुत्थान भएको विश्वासमा इस्टर सन्डे मनाउने परम्परा क्रिस्चियनमा छ।
विश्वभरका धेरै ईसाईहरूले विशेष चर्च सेवाहरू, संगीत, मैनबत्ती, फूलहरू र चर्चको घण्टी बजाएर इस्टर मनाउँछन्।
ईसाईहरूले इस्टरलाई चर्च वर्षको सबैभन्दा ठूलो चाडको रूपमा हेर्छन्।
















