काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले दुई विकेट गुमाएको छ। टस हारेर ब्याटिङमा पुगेको नेपालका दुई विकेट ओमानले लिएको हो।
नेपालका ओपनर कुशल भुर्तेललाई शून्य रनमै ओमानका बिलाल खानले एलबीडब्लू आउट गरेका छन्। त्यस्तै आसिफ शेख पनि शून्य रनमै पेभेलियन फर्किए। उनलाई कलिमुल्लाहले आउट गरे। ४ ओभरको समाप्तीमा नेपालले २ विकेट गुमाउन पुगेको हो।
शुक्रबारको खेल नेपालका लागि ५०औं एकदिवसीय खेल हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) ले नेपाल र ओमानबीचको खेललाई एकदिवसीय खेलको मान्यता दिएको छ। यद्यपि कपमा ५० ओभरकै खेल हुने भएपनि प्रतिस्पर्धा गरिरहेका सबै टिमले एक दिवसीयको मान्यता पाएका छैनन्।


