काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेकाे हो।
महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ५३ रुपैयाँले घटेर तोलाको १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
बिहीबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।


