काठमाडौँ- नेपाली क्रिकेट टिमका बलर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा विश्वमै सर्वाधिक छिटो १०० विकेट लिएर रेकर्ड रचेका छन्।
एसीसी प्रिमियर कपअन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाली बलर लामिछानेले ओमनविरुद्ध तीन विकेट लिएपछि उनले १०२ विकेट पुर्याएका हुन्। यसअघि पाकिस्तानी बलर राशिद खानले सबैभन्दा छिटो १०० विकेट बनाएर कीर्तिमान रचेका थिए। राशिदले ४४ खेलमा सय विकेट लिएका थिए।
यसअघि नै भइसकेका खेलमध्ये ४० इनिङमा सन्दीपले ९९ विकेट लिइसकेका थिए।
जारी खेलमा नेपालले ओमनलाई ३११ रनको लक्ष्य दिएको छ। ओडीआई क्रिकेटमा यो नेपालको सबैभन्दा ठूलो लक्ष्य हो।


