काठमाडौँ- आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पराजित भएको छ। एक दिवसीय खेलको अन्तिम/तेस्रो खेलमा नेपाल ए ६९ रनले पराजित भएको हो।
२८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अलआउट भयो।
ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेलेपनि टिमलाई जित दिलाउन सकेनन्।
अर्का ओपनर अर्जुन साउद ३० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन बनाएका थिए। अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेनन्।
देव खनाल ११, नरेन भट्ट १५, विनोद भण्डारी ४, भीम सार्की डक र रुपेश सिंह १५ रनमा आउट भए।
आयरल्यान्डका बेन ह्वाइटले १० ओभरमा १ मेडनसहित ६२ रन खर्चेर ५ विकेट लिए। गेभिन होइले ४ र म्याथ्यु फस्टरले १ विकेट लिएका थिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो।
आयरल्यान्डको जितमा स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेलेका थिए।
पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनमा आउट भए।
केड कार्माइकल २१, निल रक १, गेभिन होइ १४, फिओन ह्यान्ड २० रनमा आउट भए।
तल्लोक्रममा बेन ह्वाइटले १९ र म्याथ्यु हम्फ्रेजले २३ रनको योगदान दिए।


