२०८३ कार्तिक १२ गते बुधबार

गाजा युद्धमा इजराइल ‘जितबाट एक कदम टाढा’ छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २५
dhger

जेरुसेलम- इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार इजराइल गाजा युद्धमा ‘जितबाट एक कदम टाढा’ रहेको बताएका छन्। उनले हमासले सबै बन्धकलाई मुक्त नगरेसम्म कुनै युद्धविराम नहुने वाचा गरे।

हमास लडाकूहरूले इजराइलमा अभूतपूर्व आक्रमण गरेपछि अक्टोबर ७ मा सुरु भएको युद्ध छ महिना पूरा भएको अवसरमा मन्त्रिपरिषद्को बैठकमा उनले भने, ‘हामी जितबाट एक कदम टाढा छौँ तर हामीले जुन मूल्य तिरेका छौँ त्यो दर्दनाक र हृदय विदारक छ।’

अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग कायरोमा युद्धविराम वार्ता पुनः सुरु हुने अपेक्षाबिच उनले भने, ‘बन्धकहरूको फिर्तीबिना कुनै युद्धविराम हुनेछैन, यस्तो हुनेछैन।’

‘इजराइल सम्झौताका लागि तयार छ, इजराइल आत्मसमर्पण गर्न तयार छैन’, उनले जोड दिँदै भने, ‘हमासलाई आफ्नो स्थिति कडा बनाउनका लागि बाध्य बनाउने गरी इजराइलमाथि अन्तर्राष्ट्रिय दबाब दिनुको सट्टा अन्तर्राष्ट्रिय समुदायको दबाब हमासविरुद्ध निर्देशित हुनुपर्छ, यसले बन्धकहरूको रिहाइलाई अगाडि बढाउने छ।’

अप्रिल १ मा गाजामा भएको हवाई हमलामा अमेरिकास्थित खाद्य च्यारिटी वर्ल्ड सेन्ट्रल किचेनका सात सहायताकर्मी मारिएपछि इजराइलले अन्तर्राष्ट्रिय आक्रोशको सामना गर्नुपरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नेतान्याहुसँग टेलिफोनवार्तामा ‘तत्काल युद्धविराम’ को माग गर्दै इजराइललाई नागरिकहरूको हत्या कम गर्न तथा मानवीय स्थिति सुधार गर्न अमेरिकी समर्थनलाई सःशर्त बनाउने सङ्केत गरे।

यसैबीच नेतान्याहुले ‘आफ्ना प्रतिनिधिहरूमार्फत’ इजराइलविरुद्ध धेरै हमलामा इरानको अप्रत्यक्ष हात रहेको आरोप लगाए। ‘जसले हामीलाई चोट पुर्याउँछ वा चोट पुर्याउने योजना बनाउँछ, हामी उसलाई चोट पुर्याउने छौँ, हामीले यो सिद्धान्तलाई प्रत्येक समय र हालका दिनमा व्यवहारमा ल्याएका छौँ’, उनले भने।

इरानले सोमबार दमास्कसमा आफ्नो दूतावासको कन्सुलर खण्डमा हवाई हमलामा आफ्ना सात रिभोल्युसनरी गार्डको हत्याका लागि जवाफी कारबाही गर्ने वाचा गरेपछि गाजामा युद्ध फैलने आशङ्का तीव्र भएको छ। इरानका नेताहरूले जवाफी कारवाहीको वाचा गरेका छन् र लेबनानको इरान समर्थित हिजबुल्लाह आन्दोलनका नेता हसन नसरल्लाहले वाणिज्य दूतावासमा भएको हमलालाई ‘निर्णायक विन्दु’ भने।

प्रकाशित: २०८० चैत २५ गते आईतबार ०८:१९
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना