काठमाडौँ- आईपीएलमा हैदराबादले पञ्जाबलाई २ रनले पराजित गरेको छ। गएराति १८३ सनको लक्ष पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रन मात्र बनाएपछि सनराइज हैदराबाद २ रनले विजयी भएको हो।
पञ्जाबका शंकर सिंहले अविजित ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। यस्तै, आशुतोष शर्माले ३३, साम कुरनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ र शिखर धवनले १४ रना बनाए।
हैदराबादका भुवनेश्वर कुमारले २, प्याट कमिन्स, टी नटराजन, नितिशकुमार रेड्डी र जयदेवले एकरएक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले ९ विकेट गुमाएर १८२ रन बनाएको थियो। पञ्जाबका लागि नितिशककुमार रेड्डीले सर्वाधिक ६४ रनको योगदान गरे। एक विकेटसमेत लिएका उनी प्लेर अफ दि म्याच पनि भए।
यस्तै, अब्दुल समादले २५, ट्रभिस हेडले २१, अभिशेक शर्माले १६, शहबाज अहमदले १४, राहुल त्रिपाठीले ११ रन बनाए।
पञ्जाबका अर्शदीप सिंहले ४, साम कुरन र हर्सल पटेलले समान दुई र कागिसो रबाडाले एक विकेट लिए।
५५ खेल खेलेका हैदराबाद र पञ्जाब क्रमशस् पाँचौं र छैटौं स्थानमा छन्।


