काठमाडौँ- वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा वैशाखमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
वीर गणेशमान सिंह राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता नाम दिइएएको यो स्पर्धा वैशाख ४ देखि १६ सम्म हुनेछ।
मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा हुने प्रतियोगितामा सात प्रदेशको सहभागिता रहनेछ । सहभागी टिमले राउन्ड रोबिनको आधारमा खेल्नेछ।
प्रतियोगिता नार्गाजुन नगरपालिका र नार्गाजुन खेलकुद विकास समितिको सहयोगमा हुन लागेको हो।
प्रतियोगिताबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक फाउन्डेसनले यसको आयोजनाले नेपाली क्रिकेट विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
फाउन्डेसनले यसअघि एथलेटिक्स, बक्सिङ, टेनिस, फेन्सिङका प्रतियोगिता गरिसकेको छ।


