सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार उनले शपथ लिएका हुन्।
एमाले संसदीय दलका नेतासमेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए।
एमालेका ९ (सभामुख बाहेक), माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) जना सांसदको समर्थन कँडेलले मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २१ जना सांसदकाे आवश्यकता पर्छ।


