२०८३ कार्तिक १४ गते शुक्रबार

आइडब्लुएफ विश्व कपः भारोत्तोलन खेलाडी सागरद्वारा कीर्तिमानमा सुधार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २९
trur

महेन्द्रनगर (कञ्चनपुर)- थाइल्याण्डको फुकेटमा जारी अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ (आइडब्लुएफ) विश्व कप भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्।

उक्त प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धाका क्रममा कञ्चनपुरको महेन्द्रनगरका भण्डारीले प्लस् १०९ किलोग्राम तौल समूहमा स्नाचमा १३४, क्लिन एण्ड जर्कमा १७२ किलोग्राम र कूलतर्फ ३०६ किलोग्राम भार उचाल्दै आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेको थाइल्याण्डमा रहनुभएका भारोत्तोलनका प्रशिक्षक जीवन गौतमले जानकारी दिए।

यसअघि चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा भण्डारीले स्नाचमा १३३ किलो भार उचाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए। यसअघि उज्वेकिस्तानमा भएको एसियाली च्याम्पियनसिप, २०२४ मा भण्डारीले क्लिन एण्ड जर्कमा १७१ किलो भार उचालेका थिए। सोही प्रतियोगितामा उनले कूलतर्फ ३०३ किलो भार उचालेका थिए। यसअघि पनि क्लिन एण्ड जर्क र कूलतर्फ पनि भण्डारीकै नाममा राष्ट्रिय कीर्तिमान रहेको थियो। ती दुवैमा पनि भण्डारीले राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्।

‘विसं २०३६ मा भारोत्तोलन सङ्घ बनेयता भण्डारी ३०६ किलोग्राम भार उचाल्ने पहिलो खेलाडी बनेका छन्’, प्रशिक्षक गौतमले भने–‘भारोत्तोलन सङ्घले ओलम्पिक खेल्न सक्ने सम्भावित खेलाडीको रुपमा भण्डारीलाई अघि बढाएको छ।’ भारोत्तोलनमा वाइल्ड कार्ड पाएर ओलम्पिक खेल्न सक्ने सम्भावित खेलाडीको सूचीमा उनलाई राखेर नेपाल ओलम्पिक कमिटीले प्रशिक्षण तथा अन्य आवश्यक व्यवस्थान गरिरहेको प्रशिक्षक गौतमले जानकारी दिए।

ओलम्पिक कमिटीले एक वर्षदेखि भण्डारीको प्रशिक्षकका रुपमा गौतमलाई खटाएको छ। महेन्द्रनगरबाट भारोत्तोलन खेल्न सुरुआत गरेका उनी हाल नेपाल पुलिस क्लबमा आवद्ध छन्। छोटो समयमा भण्डारी धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका छन्। सुदूरपश्चिमबाट कैलालीको धनगढीका भरत साउद सन् १९८८ मा दक्षिण कोरियामा आयोजना गरिएको ओलम्पिक प्रतियोगितामा पहिलो पटक भारोत्तोलन खेलमा सहभागी भएका थिए।

प्रकाशित: २०८० चैत २९ गते बिहिबार ०९:०६
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना