काठमाडौँ- माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सन्तोष कोइराला पुन: दोहोरिएका छन्।
वैशाख १ गते देखि लागू हुने गरी कोइराला दोस्रो कार्यकालका लागि पनि सीईओमा नियुक्त भएका हुन्।
कोइरालालाई बैंकको सञ्चालक समितिले तीन महिना अघि नै दोस्रो कार्यकालका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको थियो।
सो निर्णय भोलिबाट लागू हुने भएको हो।
कोइरालाको दोस्रो कार्यकाल ४ वर्षे हुनेछ।
बैंकर्स संघका उपाध्यक्ष समेत रहेका कोइरालासँग अढाई दशक लामो बैंकिङ अनुभव छ।


