काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा १४३ रन बनाएको हो।
मलेसियाका कप्तान विरनदीप सिंहले ५७ बलमा ७२ रन बनाए।
नेपालका लागि भने दीपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए।


