काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)मा प्रा.डा. खड्क केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन्।
त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई शुक्रबार नियुक्त गरेको उपकुलपति केशरजंग बरालले जानकारी दिए।
शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री सुमना श्रेष्ठ र उपकुलपति प्रा.डा. केशरजंग बरालले उनीहरूलाई दुई हप्ता अघि नै नियुक्तिको लागि सिफारिस गरेका थिए।


