काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपिएलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले हराएको छ। वाङ्खडे रंगशालामा शनिबार राति सम्पन्न भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले निधारित २० ओभरमा आठ विकेट गुमाएर २१४ रन बनाएको थियो।
जवाफमा ६ विकेट खर्च गरेको मुम्बईले पूरा ओभर खेल्दै २०१ रन मात्र बनाउन सकेपछि पञ्जाबले जित निकालेको हो।
पञ्जाबको जितमा ५५ रन बनाएका साम कुरन म्यान अफ दि म्याचसमेत भए। जवाफमा मुम्बईका क्यामरुन ग्रिनले ६७ र सुर्यकुमार यादवले ५७ रन बनाए पनि मुम्बईले जित निकाल्न सकेन।
शनिबारकै अर्को खेलमा भने गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ७ रनले हराएको छ। लखनउ मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै गुजरातले १३५ रन बनाएको थियो। जवाफमा लखनौंले सात विकेट गुमाएर १२८ रन मात्र बनायो।


