काठमाडौँ- नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’को अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्।
सुरुङभित्रै रातो कार्पेट ओछ्याएर प्रचण्डलाई स्वागत गरिएको छ भने उनलाई बस्नका लागि सुरुङमै सोफाको व्यवस्था गरिएको थियो।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि सुरुङसोफाको उपभोग गरे।
प्रधानमन्त्री दाहालले सिस्नेखोला-नागढुङ्गा सुरुङमार्गको ब्रेक थ्रुका लागि स्विच दबाएका थिए।
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ ब्रेक थ्रु भएको छ।
साउन २२ गते आपत्कालीन सुरुङ वारपार छेडिएको भएपनि मुख्य सुरुङ भने सोमबार छेडिएको सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए।
मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने आयोजनाको भनाइ छ।
यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सक्ने आयोजनाले जनाएको छ।
करिब साढे ४ वर्षअघि काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो।
मुख्य सुरुङ २.६८८ किलोमिटरको हुनेछ।









