काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ।
ओमानमा सोमबार जारी खेलमा हङकङले १७.५ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको हो।
वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो। जसमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले १ बल बाँकी छँदा ११४ रन बटुल्दै अलआउट भयो।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।
कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।
नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।
समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ।


