जर्जिया- जर्जियाको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ।
सोमबार सत्तारूढ दल जर्जियन ड्रिम पार्टीका नेता मामुका मडिनाराड्जेले विवादास्पद विधेयक पेस गरिरहेका बेला विपक्षी दलका नेता एलेको एलिसाश्विलीले मुक्का प्रहार गरेका थिए।
‘विदेशी एजेन्ट’लाई नियमन गर्ने विधेयक प्रस्तुत गर्ने क्रममा मडिनाराड्जेमाथि आक्रमण भएको थियो।
त्यही बेला एलेको दौडिँदै आएका मुक्का प्रहार गरेका थिए।
त्यसपछि सांसदहरू कुटाकुटमा उत्रिएका थिए।
विधेयकलाई जर्जियामा रूसी विधेयक भनेर आलोचना समेत गरिएको छ। पाँच हजारभन्दा बढी प्रदर्शनकारीले जर्जियाको संसद भवन अगाडि प्रदर्शन गरेका थिए।
यस विधेयकलाई पश्चिमी राष्ट्रहरूले विरोध गरिरहेका छन्।


